डडेल्धुराको परशुराम नगरपालिका १२ का टेक धामिले आफ्नो दस महिनाकी सर्मिला धामीलाई बचाइ दिन आग्रह गरेका छन । जिल्लाको परशुराम नगरपालिका १२ का टेक धामीका दस महानाकी छोरी सर्मिलाको मुटुमा प्वाल देखा परे पछि थप उपचारमा आर्थिक अभाव भए पछि समस्या आएको हो । १० महिने सर्मिला बिरामि परे पछि उनलाई उपचारका लागि धनगढी स्थित बाल हस्पिटल लगिएको थियो । त्यहाँ चेकजाच गर्ने क्रममा मुटुमा समस्या रहेको भन्दै थप उपचार गर्न काठमाण्डु लग्नु पर्ने डाक्टरको सल्लाह पछि आफू आर्थिक समस्यामा परेको टेक धामीले बताए ।
उपचारका लागि काठमाडौं लग्नुपर्ने भएपनि आर्थिक समस्या भएकाले हालसम्म लग्न नसकेको धामी बताउँछन् । सर्मिलाको उपचारका लागि गाउँमा सापटी रुपैयाँ माग्न घर घर पुगेपनि कसैले नदिएको धामीको गुनासो छ । उनले आर्थिक सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् ।
धामी दुःख पोख्दै भने ‘१० महिने मेरि छोरि सर्मिलाको उपचार मैले जसरी पनि गर्नुछ । यति सानै उमेरमा मुटुमा दुई वटा प्वाल परे । उपचारका लागि धनगढी लगे तर त्यँहाबाट काठमाडौँ लग्नु भन्यो । अब मसँग त्यत्रो पैसा छैन कसरी लग्ने भन्ने मनमा ठुलो परि परेको छ । गाउँमा पछि ब्याजसहित तिर्छु भनेर पैसा माग्दा पनि कसैले दिँदैनन् । हजुरहरु समक्ष यति आग्रह गर्छुकी जति हुन्छ सहयोग गरिदिनु होला । सहयोग गर्नुहुनेछ भन्ने ठुलो अपेक्षा राखेको छु।’उनले भनेका छन ।
सहयोग गर्न चाहनु हुनेले खाता न.२४४०१०००८१९०२१०००००१, शाखा जोगबुढा भएको नेपाल बैंक लिमिटेडको खातामा रकम पठाउन सक्नुहुनेछ । थप जानकारीका लागि ९८४८८३०३९९, ९८२४७३९०८६, ९८२२६८४७७४ मा जानकारी लिन सक्नु हुनेछ ।
You might also like