धनगढीमा प्रादेशिक आपत्कालीन गोदाम हस्तान्तरण

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः संघीयता कार्यान्वयनमा आएको सात वर्षपछि धनगढी विमानस्थलमा रहेको प्रादेशिक आपत्कालीन गोदाम प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ।

बुधबार बिहान आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले गोदाम सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई हस्तान्तरण गरे। अब विपद्‌का समयमा राहत तथा उद्धार सामग्रीको व्यवस्थापन तथा सञ्चालन सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गर्नेछ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

गृहमन्त्री लेखकका अनुसार ६ वटा प्रदेशमा प्रादेशिक आपत्कालीन गोदाम हस्तान्तरण गरिएको छ, जसमा बागमती प्रदेशका लागि काठमाडौंस्थित गोदामले काम गर्नेछ। उनले नेपाल प्राकृतिक प्रकोपहरूको उच्च जोखिममा रहेको बताउँदै तीन तहका सरकार, प्राधिकरण तथा सुरक्षा निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिए।

मुख्यमन्त्री शाहले सुदूरपश्चिममा ठूलो भूकम्पको जोखिम रहेको औँल्याउँदै सचेतता आवश्यक रहेको बताए। उनका अनुसार पुराना ढुङ्गा-माटोका घरहरू कमजोर भएकाले सात रेक्टरस्केलको भूकम्पले पहाडी क्षेत्रका अधिकांश घरहरू ध्वस्त हुन सक्छन्।

हस्तान्तरण गरिएको गोदाममा २६५ भारतीय टेन्ट, ३९० चिनियाँ टेन्ट, २३७ स्लीपिङ ब्याग, ५०० कम्बल, २३१ बेड, ५०० म्याट्रेसलगायत विपद्‌का समयमा आवश्यक सामग्रीहरू संग्रहित छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.