बैतडीको सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर उपलब्ध

sc mahendra

बैतडी – महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा निर्माण गरिएको बेबी वार्मर बैतडीको दोगडाकेदार गाउँपालिका–३, श्रीकोटस्थित सिल्लेगडा बर्थिङ एकाइमा उपलब्ध गराइएको छ।

ज्योति विकास बैंकको आर्थिक सहयोग तथा राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक सहयोगमा उक्त बेबी वार्मर प्रदान गरिएको हो।

बेबी वार्मर नवजात शिशुको तापक्रम नियन्त्रण गर्ने उपकरण हो, जसले जन्मजात तापक्रमसम्बन्धी समस्या देखिएर हुने अकाल मृत्युलाई रोक्न मद्दत गर्छ।

राष्ट्रिय आविष्कार केन्द्रले विगत पाँच वर्षदेखि नवजात शिशुको मृत्यु दर घटाउने उद्देश्यले विभिन्न स्थानहरूमा बेबी वार्मर वितरण गर्दै आएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.