अनलाइन मल्टिमिडिया सम्बन्धी दुई दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी, जेठ १७ — अनलाइन मल्टिमिडिया पत्रकारिता सम्बन्धी दुई दिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आजदेखि सुदूरपश्चिममा सुरु भएको छ।

नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिमको आयोजनामा तथा सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाको प्रमुख आतिथ्यतामा तथा महासङ्घ सुदूरपश्चिम अध्यक्ष भरत शाहको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा सुदूरपश्चिमका नौवटै जिल्लाबाट आएका पत्रकार प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ।

महासङ्घ सुदूरपश्चिम अध्यक्ष भरत शाहले पत्रकारिता क्षेत्र अहिले अत्यन्तै फराकिलो बन्दै गएको उल्लेख गर्दै, प्रविधिको युगसँगै अनलाइन मल्टिमिडियाको सही सदुपयोग गर्न यो तालिम आयोजना गरिएको जानकारी दिए। उनले भने, “आजको युग सूचना प्रविधिको हो। सबैको हातहातमा मोबाइल छ — यही प्रविधिको सदुपयोग गरी छिटो, छरितो र प्रभावकारी पत्रकारिता सम्भव हुन्छ। तालिमले यसमा सहयोग पुग्नेछ।”

Dadeldhura Hospital

प्रशिक्षणको उद्देश्य अनलाइन पत्रकारितामा देखा परेका चुनौती र विकृतिहरूलाई सम्बोधन गर्दै स्वच्छ, जिम्मेवार र प्रभावकारी पत्रकारिता प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएका छन्। साथै, अनलाइन पत्रकारहरूको सीप र दक्षता अभिवृद्धि गराउने लक्ष्य लिइएको छ।

प्रमुख अतिथि नाजिर मियाले हालको पत्रकारिता क्षेत्रमा विभिन्न चुनौतीहरू रहेको बताए। उनले सामाजिक सञ्जालको अराजक प्रयोग—जस्तै ‘फेसबुके पत्रकारिता’—ले पत्रकारिता क्षेत्रको विश्वसनीयता संकटमा पारिरहेको उल्लेख गरे। “सही समाचार के हो भन्ने अन्योल छ। जनतामा भ्रम फैलिएको छ,” उनले भने।

उनले सुदूरपश्चिमलाई “सुन्दरपश्चिम” बनाउने प्रयास आवश्यक रहेको उल्लेख गर्दै प्रदेशमा सरकारको दृष्टिकोण कमजोर देखिएको धारणा राखे। सम्भावनाले भरिएको सुदूरपश्चिमको समुचित उजागर पत्रकारको कलमबाट हुनुपर्नेमा उनले जोड दिए।

संघीयताको अभ्यासले सिंहदरबार गाउँमै पुगेको भन्दै उनले स्थानीय तहमा करोडौंको बजेट आइपुगेको उदाहरण दिए। यद्यपि, केही अवसरवादी समूहले यसलाई दुरुपयोग गर्ने कोसिस गरिरहेको भन्दै उनीहरूले जनतालाई भ्रममा पार्न खोजेको आरोप पनि लगाए।

गणतन्त्रको सवालमा समेत पत्रकारले सत्य सूचनाको प्रवाह गरी जनतालाई जागरुक बनाउनु पर्ने आवश्यकता औंल्याउँदै उनले भने, “पत्रकारिता शक्तिशाली क्षेत्र हो। यसले राज्यका कमजोरी उजागर गरेर सुधारको मार्ग देखाउन सक्छ।”

आज बाट सुरु भएको तालिम भोलि समापन हुनेछ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.