देउवाविरुद्ध लडेका सागर ढकाल अब रुपन्देही–३ बाट उठ्ने संकेत

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुरामा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेर चर्चामा आएका सागर ढकाल रुपन्देही–३ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिन सक्रिय देखिएका छन्।

२०७९ सालको आम निर्वाचनमा ढकालले देउवासँग १३ हजार ४२ मत ल्याउँदै दोस्रो स्थान हासिल गरेका थिए। देउवाले भने २५ हजार ५३४ मत ल्याएर जितेका थिए। ढकालको त्यो नतिजा धेरैका लागि अप्रत्याशित मानिएको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

हाल ढकालले सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्थनमा उम्मेदवारी दिन सक्ने संकेत दिएका छन्। उनले लेखेका छन्, “चितवन–२ मा रविको ५४ हजार १७६ र काठमाडौंमा बालेनको ६१ हजार ७६७ मत। अब रुपन्देही–३ मा हामीले ६२ हजार मत पार गर्नुपर्छ र नेपालको इतिहास रच्नुपर्छ।”

उनको भनाइमा कांग्रेस, एमाले र माओवादी एउटै सत्ता संरचनाको रूपमा प्रस्तुत गर्दै ‘जनता भर्सेस राणा शासन’ भन्दै अन्त्य गर्ने चेतावनीसमेत दिएका छन्।

तर रास्वपाभित्र भने ढकालको उम्मेदवारीमा आधिकारिक निर्णय भएको छैन। पार्टीका एक वरिष्ठ नेताका अनुसार, “उहाँले आफ्नै तर्फबाट प्रचार गर्दै हुनुहुन्छ। पार्टीमा उहाँलाई उम्मेदवार बनाउने विषयमा कुनै औपचारिक निर्णय छैन।”

यद्यपि, रास्वपा रुपन्देही–३ मा बलियो उम्मेदवार चयनको तयारीमा छ। अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ यस क्षेत्रबाट रास्वपाले दोस्रो धेरै मत ल्याएको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.