विवादका कारण आलितालमा राष्ट्रपति रनिङ शिल्ड वितरण स्थगित, शिल्ड पालिकामै रहने

sc mahendra

डडेल्धुरा : आलिताल गाउँपालिकामा सम्पन्न भएको राष्ट्रपति रनिङ शिल्ड–२०८२ अन्तर्गत कराते विधामा उत्पन्न विवादका कारण शिल्ड वितरण स्थगित गरिएको छ। विवाद समाधान नभएसम्म राष्ट्रपति रनिङ शिल्ड गाउँपालिकामै सुरक्षित रूपमा रहने निर्णय गरिएको छ।

आलिताल गाउँपालिकाको आयोजनामा मिति २०८२ पौष २५ गतेदेखि २७ गतेसम्म आलिताल खेल मैदानमा सञ्चालन भएको उक्त प्रतियोगितामा मार्सल आर्ट विधाअन्तर्गत कराते खेलका छात्रातर्फ ५५ के.जी. र ६० के.जी. तौल समूहको फाइनल खेलपछि नतिजाबारे विवाद उत्पन्न भएको थियो।

विवाद समाधान नहुँदासम्म राष्ट्रपति रनिङ शिल्ड–२०८२ को शिल्ड वितरण नगरी आलिताल गाउँपालिकामै राख्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। साथै बाँकी रहेका मेडल, कप तथा ट्रफीहरू सम्बन्धित विद्यालयहरूमा नै उपलब्ध गराइने सूचनामा उल्लेख छ।

उक्त विवाद समाधानका लागि श्री कृष्णकालिका माध्यमिक विद्यालय, श्री दुर्गा माध्यमिक विद्यालय र श्री महादेव माध्यमिक विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकसहित सम्बन्धित वडा अध्यक्षहरूको राय, सल्लाह र सहमतिमा मात्र समाधान प्रक्रिया अघि बढाइने बताइएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण बहादुर कामीले जारी गरेको सूचनामा निष्पक्ष र सहमतिमै आधारित भएर विवाद समाधान गरिने प्रतिबद्धता जनाइएको छ।

आलितालमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधि विवादित

पालिकाले निकालेको सूचना

You might also like
Leave A Reply

Your email address will not be published.