Citizan

झुकाललाई हराउदै निर्माण व्यवसायी संघ डडेल्धुराको अध्यक्षमा अवस्थी निर्वाचित

suchana alital
Chure
lali

 डडेल्धुराः निर्माण व्यवसायी संघ डडेल्धुराको अध्यक्षमा भवानीदत्त अवस्थी निर्वाचित भएका छन्। दुर्लभ झुकाललाई हराउँदै अवस्थी अध्यक्षमा निर्वाचित भएका हुन्।

अवस्थीले ५९ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएको मतदान अधिकृत हरिप्रसाद भट्टले जानकारी दिए। झुकालले ४४ मत पाए। नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन भएको थियो। भट्टका अनुसार १०४ मत खसेको थियो। जसमध्ये एक मत बदर गएको थियो।

यस्तै सचिवमा सुरेश पाण्डेय निर्वाचित भएका छन्। उनले ७७ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी सन्तोषप्रसाद भट्टले २६ मत मात्रै पाए।

निर्माण व्यवसायी समितिको अन्य पदाधिकारी र सदस्यहरू भने सर्वसम्मच चयन भएका थिए। समितिको प्रथम उपाध्यक्षमा सन्तोषकुमार खड्का, द्धितीय उपाध्यक्षमा टेकराज साउँद, महासचिवमा दानबहादुर ओली र कोषाध्यक्षमा रामबहादुर बिष्ट यसअघि नै सर्वसम्मत चयन भएका थिए।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.