डडेल्धुरा बहुमुखी क्याम्पसको लेटरप्याड दुरुपयोग:संयुक्त विद्यार्थी संगठनहरूको आपत्ति

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः डडेल्धुरा बहुमुखी क्याम्पसको लेटरप्याडको दुरुपयोग भएको भन्दै संयुक्त विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन्। बिहीबार एक विज्ञप्ती सार्वजनिक गर्दै उनीहरूले क्याम्पसको लेटरप्याडको दुरुपयोग भएको भन्दै आपत्ति जनाएका हुन्।

चार विद्यार्थी संगठन अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियु समाजवादी र नेविसंघ विपीले भदौ २८ गते डडेल्धुरा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को छाप र स्ववियु अध्यक्षको दस्तखत गरि सार्वजनिक भएको विज्ञप्ती प्रति संयुक्त विद्यार्थी संगठनहरूको ध्यानाआकर्षण भएको जनाएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उक्त विज्ञप्ती प्रति डडेल्धुरा बहुमुखी क्याम्पस प्रमुखले तत्काल छानबिन गरि दोषीलाई कानुन बमोजिम कारबाहीको दायरामा ल्याउनु पर्ने उनीहरूको माग छ।

Dadeldhura Hospital

संयुक्त हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘क्याम्पस प्रमुख र उक्त विज्ञप्तीमा दस्तखत गर्ने स्ववियु अध्यक्षलाई कारबाहीको दायरामा ल्याउने चेतावनी छ।’

यता, स्ववियु अध्यक्ष जगत ऐरले डडेल्धुरा बहुमुखी क्याम्पस स्ववियु लेखिएको लेटरप्याडमा विज्ञप्ती निकाल्न खोज्दा डडेल्धुरा बहुमुखी क्याम्पस मात्र भएको लेटरप्याड प्रयोग भएकोले उक्त विज्ञप्तीले पर्न गएको असर प्रति क्षमा मागेका छन्।

यस्तो छ स्ववियुले प्रयोग गरेको लेटरप्याड

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.