लालपुर्जा वितरणमा रोक लगाउन भूमि आयोगलाई निर्वाचन आयोगको निर्देशन

sc mahendra

काठमाडौँः निर्वाचन आयोगले लालपुर्जा वितरण कार्य तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ। आसन्न आमनिर्वाचनमा स्वच्छता र निष्पक्षताका लागि भन्दै आयोगले निर्वाचन सम्पन्न नभएसम्म आफू र आफ्नो मातहतबाट हुने कार्य बन्द गर्न भूमि आयोगलाई बिहीबार निर्देशन दिएको हो।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘आसन्न निर्वाचनमा स्वच्छता र निष्पक्षता कायम राख निर्वाचन सम्पन्न नभएसम्मका लागि आफू र आफ्नो मातहतबाट हुने र भइरहेका जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गरी सोको यथार्थ जानकारी दुई दिनभित्र निर्वाचन आयोगलाई दिन राष्ट्रिय भूमि आयोग, ताहाचल, काठमाडौंलाई निर्देशन दिएको छ।’

यस्तै नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई वैदेशिक भ्रमण नगर्ननगराउन पनि आयोगले निर्देशन दिएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.