Citizan

लालपुर्जा वितरणमा रोक लगाउन भूमि आयोगलाई निर्वाचन आयोगको निर्देशन

suchana alital
Chure

काठमाडौँः निर्वाचन आयोगले लालपुर्जा वितरण कार्य तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ। आसन्न आमनिर्वाचनमा स्वच्छता र निष्पक्षताका लागि भन्दै आयोगले निर्वाचन सम्पन्न नभएसम्म आफू र आफ्नो मातहतबाट हुने कार्य बन्द गर्न भूमि आयोगलाई बिहीबार निर्देशन दिएको हो।

lali

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘आसन्न निर्वाचनमा स्वच्छता र निष्पक्षता कायम राख निर्वाचन सम्पन्न नभएसम्मका लागि आफू र आफ्नो मातहतबाट हुने र भइरहेका जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गरी सोको यथार्थ जानकारी दुई दिनभित्र निर्वाचन आयोगलाई दिन राष्ट्रिय भूमि आयोग, ताहाचल, काठमाडौंलाई निर्देशन दिएको छ।’

glam &
dipti
Citizan

यस्तै नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई वैदेशिक भ्रमण नगर्ननगराउन पनि आयोगले निर्देशन दिएको छ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.