Citizan

महिना पिच्छे विज्ञप्ति:नेता साउदलाई यथाशिघ्र मजदुरको ज्याला भुक्तानी गर्नु,नत्र…

suchana alital
Chure

डडेल्धुरा । राजेन्द्र निर्माण सेवा कम्पनीका सञ्चालक भीम बहादुर साउदले वुडर( दैजी सडक खण्डका विभित्र खण्डमा गतवर्षको असार भाद्र असोज महिनामा काममा लगाएका मजदुरहरुको ज्याला भुक्तानी नगरेको भन्दै ज्याला भुक्तानी गरिदिन नेकपा (क्रान्तिकारी माओवादी) ले एक विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।

lali

२०७९ साल भाद्र २ गते विज्ञप्ति जारी गरी अनुरोध गरेकोमा आज सम्म सो सडक खण्डमा कमगर्ने मजदुरहरूले सडकमा काम गरेको ज्यालामजदुरी नपाएको हुँदा यथाशीघ्र कामदारहरूको ज्याला राजेन्द्र निर्माण सेवा कम्पनीले भुक्तानी गर्न नेकपा (क्रान्तिकारी माओवादी) डडेल्धुराका डिसिएस धरातल ले विज्ञप्ति मार्फत पुन अनुरोध गरेको छन्।

glam &
dipti
Citizan

नेपाली कांग्रेस डडेल्धुराका सभापति समेत रहेका साउद डडेल्धुरा ‘क’ बाट प्रदेश सभा सदस्यमा सिफारिस भएका छन् । बिज्ञप्तिमा भनिएको छ । सरकारमा पावर र पहुचवालाले जे गरे पनि हुने यो लोकतन्त्र होइन यो ठगतन्त्र हो ,पीडित मजदुरहरु एक भएर ठगहरुलाई सरकारमा जानबाट रोक्नुको विकल्प नभएको उल्लेख छ ।विज्ञप्तिमा पीडित मजदुरहरुको मर्म र भावनाको कदर गर्दै सम्पुर्ण आम जनतालाई एक जुट भएर ठगहरुलाइ न्यायको कठघेरा ल्याउन समेत आग्रह गरिएको छ ।
मजदुरहरुको ज्याला ब्याजसहित भुक्तानी गर्नु पर्ने भन्दै भुक्तानी नगरे पार्टीले ससक्त रुपमा कार्वाही अगाडि बढाउने यस कार्वाहिको शिलशिलामा हुने क्षतिको भागेदार स्वयम् कम्पनी हुनु पर्ने चेतावनीसमेत उल्लेख छ ।                                         विज्ञप्ति :

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.