अनशन बसेका डा. केसी त्रिवि शिक्षण अस्पताल भर्ना

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी: धनगढीमा अनशन बसेका डाक्टर गोविन्द केसी काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्। गत भदौ २७ गतेबाट धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २०औं आमरण अनसन सुरु गरेका डा। केसीको स्वास्थ्यमा समस्या देखिन थालेपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका हुन्।

Dadeldhura Hospital

विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा रहेका चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा। केसी अनशनको १०औँ दिन आज आफ्नै खर्चमा ४ः४५ बजेको फ्लाइटबाट काठमाडौँ गएका थिए। अनशनको दोस्रो दिनबाटै स्वास्थ्यमा समस्या देखिएका डा। केसीलाई सेती प्रादेशिक अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

अस्पतालले बुधबार विज्ञप्ति जारी गरी डा।केसीको शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुनसक्ने र उनको पेटमा कडा खालको अल्सर भई रक्तश्राव भएको आंशका गरेको थियो। उनको अवस्था बिग्रिएपछि अस्पतालले विशिष्ट सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको थियो। सरकारले हिजो ९मंगलबार० नै नेपाली सेनाको जहाजमार्फत काठमाडौँ लैजान खोज्दा केसीले अस्वीकार गरेका थिए। उनले सरकारको खर्चमा काठमाडौँ जान नमानेका हुन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.