

डडेल्धुरा । नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्ने भन्दै उम्मेदवारी घोषणा गरेका सागर ढकालले आफ्नो चुनावी सकृयता बढाएका छन् ।
आसन्न प्रतिनिधि सभाको निर्वाचनमा देउवालाई पराजित गर्दै प्रधानमन्त्री नै बन्छु भनेर लामो समयदेखि डडेल्धुरामा रहेर चुनाव लक्षित कार्यक्रम गर्दै नागरिकहरुसँग भेटघाटमा व्यस्त रहेका ढकालले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट राख्दै सहयोगका लागि अपिल गरेका हुन् ।
उनले बिहीबार मात्रै ‘नेपालले विश्वकै बुढो प्रधानमन्त्री पाउने कि विश्वकै कान्छो प्रधानमन्त्री जन्माउने भन्ने कुरा मंसिर ४ मा डडेल्धुराका जनताले छान्नेछन् । बाजे जिते बाल, नाति जिते बबाल । भूतलाई सम्मान भविष्यलाई मतदान’ भन्दै एक ट्वीट गरेका छन् ।
भर्खरै उनलेसामाजिक संजाल आफ्नो फेसबुकमा लेखेका छन हामीले डडेलधुराको अधिकांश सबै ७ वटै गाँउपालिका र ५२ वटै वडामा पुगेर आवाज सुनेर सकेका छौँ। गएको ५-७ दिन हामी काँग्रेसको गढ मानिने गन्यापधुरा र भागेश्वर गाउँपालिकामा थियौँ। काँग्रेसकै समर्थकहरुले माया र सद्भाव देखाउनु भएको छ भने अन्य पार्टीका साथिहरु खुलेर नै समर्थन गर्नुभएको छ। काँग्रेसकै क्रियाशिल सदस्यहरुले नै ५ वटा भोटमा ३ वटा भोट सागर-महेसलाई दिने बाचा गर्नु भएको छ। यस्ता सुख दुखका दैनिकि दिनहुँ बिहान ६ देखि राति ८-१० बजे सम्म स्थानियकै घरमै बास बसेर सुन्यौँ। हामीलाई पानी, बाढि,पहिरो, जुका, चिप्लो बाटो केसैले पनि रोक्न सकेन । योजना अनुसार नै सबै पालिका र सबै वडा एक चरण आवाज सुनेर सकेका छौँ। अब हामीले हाम्रा राष्ट्रिय र स्थानिय एजेन्डा सुनाउन अर्को राउण्ड गर्छौँ। यस पोस्टबाट पनि सागरले आफ्नो चुनावी सकृयता तिब्र रहेको बुझ्न सकिन्छ ।
सागरको पक्षमा केही जनमत देखिए पनि देउवालाई हराउनु उनको दिवा सपना भएको धेरैले टिप्पणी गरेका छन् ।
पाँच पाँच पटक प्रधानमन्त्री बनेका देउवाले २०४८ सालदेखि डडेल्धुराबाट निरन्तर चुनाव जितिरहेका छन् । नेपाली काङ्ग्रेस भित्र डडेल्धुरामा देखिएको केही गुटबन्दी र टुटफुटले देउवाको राजनितिक भबिष्यमा केही प्रभाव परे पनि एक्लै चुनाव लडेर आगामी निर्वाचन जित्न देउवालाई धेरै सकस भने छैन । अहिले ५ दलीय गठबन्धनको साझा उम्मेदवारको रुपमा देउवा अघि सारिएकाले देउवालाई हराउँछु भन्नु सागरको हास्यास्पद कुरामात्र भएकाे स्थानीय नागरिकहरु बताउँछन् ।
प्रधानमन्त्री बन्न सागरले संवैधानिक व्यवस्थालाई नबुझेकै हो त ?
प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘हजुर बुवा’ को संज्ञा दिएर अब आराम दिने र आफू प्रधानमन्त्री बन्ने दाबी गर्दै आएका सागर ढकालले प्रधानमन्त्री बन्न नेपालको संविधानिक व्यवस्था नै नबुझिएको देखिएको छ ।
नेपालको संविधानमा देशको प्रधानमन्त्री बन्न कुनै राजनीतिक दलको बहुमत प्राप्त संसदीय दलको नेता हुनुपर्ने उल्लेख गरिएको छ । तर सागरले स्वतन्त्रबाट चुनाव जिते पनि कसरी प्रधानमन्त्री बन्ने दाबी गरिरहेका छन् अचम्मको कुरा छ । सागरको यो दावीले उनको अल्लारेपन प्रष्ट पारेको छ । सागरले डडेल्धुराबाट चुनाव जित्छन कि जित्दैनन त्यो भने आगामी मंसिरमा हुने चुनावले नै तय गर्ने छ ।
