‘स्ववियु कप’को उपाधि,नेविसंघको हातमा:पायो १लाख ५१ हजार पुरस्कार

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुराले चौथो संस्करणको ‘स्ववियु कप भलिबल प्रतियोगिता’ को उपाधि हात पारेको छ। सोमबार भएको फाइनलमा कैलालीको किशोर निर्माण सेवालाई ३–१ को सेटले हराउँदै नेविसंघ डडेल्धुराले उपाधि उचालेको हो।

नेविसंघले पहिलो सेट जित्यो। त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै किशोर निर्माण सेवाले दोस्रो सेट आफ्नो पक्षमा पार्‍यो। त्यसपछिका तेस्रो र चौथौ सेटमा जित निकाल्दै नेविसंघले उपाधि रक्षा गर्न सफल भयो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उपाधिसँगै नेविसंघले एक लाख ५१ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ। उपविजेता बनेको किशोर निर्माण सेवाले ७५ हजार पाएको छ। नेविसंघ बैतडीको पञ्चेश्वर गाउँपालिकाको टिमलाई हराउँदै फाइनलमा पुगेको थियो।

 

Dadeldhura Hospital

किशोर निर्माण सेवाले नेविसंघ बीपी डडेल्धुरालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। पञ्चेश्वर गाउँपालिकाको टिम तेस्रो भयो। नेविसंघ बीपीलाई ३–० को सोझो सेटले हराउँदै गर्दै पञ्चेश्वर तेस्रो भएको हो। उसले नगद ४० हजारसहित ट्रफी र मेडल हात पारेको छ।

स्वतन्त्र विद्यार्थी युनियन डडेल्धुरा बहुमुखी क्याम्पसको आयोजनामा प्रतियोगिता ६ गतेदेखि सुरु भएको थियो। भारी वर्षाका कारण आइतबार हुने भनिएका खेल सोमबार खेलाइएको हो।

डडेल्धुरा बहुमुखी क्याम्पसका स्ववियु सभापति जगतबहादुर ऐरले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरे। जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो।

 

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद १० हजार र विधागततर्फ उत्कृष्ट ६ जनालाई जनही २ हजार ५ सय नगदसहित पुरस्कृत पनि गरिएको छ। महिलातर्फ पनि डडेल्धुरा बहुमुखी क्याम्पसको आन्तरिक भलिबल र कवड्डी तथा पुरुषतर्फ पनि कवड्डी प्रतियोगिता भएको थियो।

प्रतियोगिता आयोजनाका लागि सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले १० लाख बजेट विनियोजन गरेको थियो। प्राविधिक सहयोग डडेल्धुरा भलिबल संघको रहेको थियो। प्रतियोगिता जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–८ स्थित क्याम्पसको खेल मैदानमा सञ्चालन गरिएको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.