parwat hotel
Citizan

पेट ढुस्स र गडबड भएमा के गर्ने ?

bhageswar small
alital janahit

चाडपर्वमा मीठोमसिनो खानाले धेरैको पेट खराब भएको हुनसक्छ । खासगरी तारेको, भुटेको, मसालेदार खानेकुरा पेटमा सहजै पच्दैन । यस्ता खानेकुराले पेट गडबड हुन्छ । ढुस्स हुने, पखाला लाग्ने, ग्याँस भरिने जस्ता समस्या हुन्छ । खानपानको कारण पेटमा के कस्ता समस्या हुन्छ रु त्यसको उपचार विधि के हो ।
चाडपर्वको खानपानले ग्यास्ट्रिक

ग्यास्ट्रिक हुने मुख्य कारण भनेको खराब खानपान नै हो । तनाव, चिन्ता र केही औषधिको सेवनले पनि ग्यास्ट्रिकको समस्या देखापर्छ । अझ चाडपर्वको बेला बढी चिल्लो पिरो खानाले त झन् ग्यास्ट्रिकको समस्या निम्ताउने सम्भावना बढी हुन्छ । चाडबाडको बेला खाना खाने समय पनि मिलेको हुँदैन ।

glam &
Citizan

समयमा खाना नखाँदा र चिल्लो पिरो खानेकुरा बढी खाँदा ग्यास्ट्रिकको समस्या देखा पर्छ ।
ग्यास्ट्रिकको जटिलता

ग्यास्ट्रिक भएमा सामान्य समस्यादेखि लिएर धेरै जटिल समस्या देखा पर्न सक्छ । धेरै चिल्लो पिरो खानाको सेवनले हाम्रो आन्द्रामा असर गर्नुको साथै बढी एसिड उत्पादन गरेर आन्द्रामा घाउ नै हुन सक्छ ।

ग्यास्ट्रिकको कारण पेट फुल्ने, वाकवाक लाग्ने, ढ्याउ आउने, पेट पोल्ने, पेटमा घाउ हुने र आन्द्रा प्वाल परेर इन्फेक्सन हुने, अल्सर हुने र क्यान्सर नै पनि हुन सक्छ ।

उपचार के छ र ?

ग्यास्ट्रिक भएर के गर्ने भन्दा पनि ग्यास्ट्रिक नै हुन नदिन के गर्ने भन्ने कुरा बढी महत्त्वपूर्ण हो । त्यसैले ग्यास्ट्रिक हुन नदिन खानपानमा विशेष ध्यान दिनुपर्छ । तारेको, भुटेको धेरै चिल्लो खानेकुरा खानु हुँदैन, समयमा खाना खानुपर्छ ।

ग्यास्ट्रिक भएको छ भने प्रशस्त मात्रामा पानी पिउने । जंक फुड, प्याकेट फुड नखाने, घरमै बनेको खानेकुरा खाने । ल्वाङ, सौफ र पाकेको केराको सेवन पनि गर्न सकिन्छ । ल्वाङ सौफ र केराले ग्यास्ट्रिक समस्या कम गर्न सक्छ । डाक्टरको सल्लाह लिएर एन्टासिडको झोल पनि सेवन गर्न सकिन्छ ।

lali

अस्पताल जानुपर्ने स्थिति

चाडपर्वको बेलामा ग्यास्ट्रिकको समस्या लिएर धेरै बिरामी अस्पताल आउने गर्छन् । पहिलेदेखि नै ग्यास्ट्रिकको समस्या भएकाले यस्तो बेला झन् चिल्लो, पिरो र मसालेदार खानेकुराको सेवन गर्छन् र पेट दुखेर गम्भीर भएर अस्पताल आइपुग्छन् । इमरजेन्सीमा बढी मात्रामा आउने बिरामी ग्यास्ट्रिकको समस्या लिएर नै आएका हुन्छन् ।

पेटको दीर्घकालीन समस्या

चाडपर्वको खानपानले हुने ग्यास्ट्रिकको असर दीर्घकालसम्म पनि रहन्छ । कुनै पनि रोग लागेपछि त्यसको उपचार नगरेको खण्डमा त्यो झन् जटिल हुँदै जान्छ । चाडपर्वको बेलामा धेरै चिल्लो पिरो खानेकुरा खाएर ग्यास्ट्रिक भयो र आन्द्रामा घाउ भयो भने त्यो बढ्दै गएर अल्सर र क्यान्सर समेत हुन सक्छ ।

कस्तो खानपान गर्ने र ?

ग्यास्ट्रिकको समस्या कम गर्न सन्तुलित भोजन गर्नुपर्छ । धेरैबेर भोकै नबसी समय–समयमा केही न केही खाइरहनुपर्छ । बढी नुन, अजिनोमोटो भएको, पोलेको खानेकुरा खानु हुँदैन । रक्सी, चुरोट नखाने र खानामा हरियो सागसब्जी र फलफूललाई बढी मात्रामा समावेश गरे यो समस्या बिस्तारै कम हुँदै जान्छ ।

ग्यास्ट्रिक भएकाहरूले प्रशस्त मात्रामा पानी पिउनुपर्छ । सागपात र फलफूल प्रशस्त मात्रामा खाने रेसायुक्त खानेकुरा खानुपर्छ । चिल्लो पिरो कम भएको खानेकुरा र घरमै बनेको खानेकुरा खानुपर्छ । धेरै तातो खानेकुरा पनि खानु हुँदैन । चिल्लो पदार्थ खानै नहुने भन्ने होइन, आवश्यक मात्रामा खान सकिन्छ ।

मदिरा र कोल्ड ड्रिंकको असर

मदिरा र कोल्ड ड्रिंकको सेवनले पनि ग्यास्ट्रिकको समस्या हुन सक्छ । पेटमा एसिडको मात्रा बढाएर ग्यास्ट्रिकको समस्या ल्याउने भएकाले मदिरा र कोल्ड ड्रिंक सेवन नगर्नु राम्रो हुन्छ ।

(जनरल फिजिसियन डा. शाक्यसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.