दिजगंगा मेमोरियल क्रिकेटको फाइनल खेल आज:आलिताल र परशुराम भिड्दै

shuvakamana

डडेल्धुराः दिजगंगा मेमोरियल क्रिकेटको फाइनल खेल आज आलिताल र परशुराम बिच प्रतिशपर्धा हुने भएको छ ।मंगलबार भएको दोस्रो सेमिफाइनलमा अजयमेरु गाउँपालिकालाई ४७ रनले हराउँदै आलिताल गाउँपालिका फाइनलमा पुगेको हो।
आलितालले दिएको १ सय २१ रनको लक्ष्य पछ्याएको अजयमेरुले १४।५ ओभरमा अलआउट हुँदै ७३ रनमा समेटियो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आलितालले निर्धारित १५ ओरभरमा ६ विकेट गुमाउँदै १२० रन बनाएको थियो।


आलितालले अब उपाधिका लागि आज परशुराम नगरपालिकासँग खेल्नेछ। पहिलो सेमिफाइनलमा भागेश्वर गाउँपालिकालाई ७ विकेटले पराजित गर्दै परशुराम फाइनलमा पुगिसकेको छ।
भागेश्वरले दिएको १ सय ३ रनको लक्ष्य परशुरामले १३।२ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भागेश्वरले १५ ओभरमा सबै विकेट गुमाएर १ सय २ रन बनाएको थियो।
डडेल्धुरा जिल्ला क्रिकेट संघको आयोजनामा प्रतियोगिता अमरगढी नगरपालिका–३ रामलिला खेल मैदानमा भइरहेको छ। प्रतियोगिताको विजेता टिमले ट्रफीसहित नगद ५१ हजार र उपविजेता टिमले नगद २५ हजार ५ सय ५१ रुयैयाँका साथै ट्रफी पाउने आयोजकले जनाएको छ।

सम्बन्धित समाचार
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.