क्वाटरफाइनलको दोस्रो खेलमा आज अर्जेन्टिना र नेदरल्यान्ड्स भिड्दै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं – कतार विश्वकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल हुँदैछन्।

शुक्रबारको दोस्रो क्वाटरफाइनल खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राति १२स्४५ बजे सुरु हुनेछ। अर्जेन्टिना र नेदरल्यान्ड्सको खेल लुसाइल स्टेडियममा हुनेछ।अर्जेन्टिना अन्तिम १६ मा अष्ट्रेलियालाई पराजित गर्दै क्वाटरफाइनल पुगेको हो भने नेदरल्यान्ड्सले अमेरिकालाई हराउँदै अर्जेन्टिनासँगको भेट पक्का गरेको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

आज हुने पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल शुक्रबार राति ८स्४५ मा सुरु हुँदैछ।

ब्राजिल दक्षिण कोरियालाई अन्तिम १६ मा पराजित गर्दै क्वाटरफाइनल पुगेको हो भने क्रोएसियाले जापानलाई पराजित गर्दै ब्राजिलसँगको भेट पक्का गरेको हो।

क्वाटरफाइनलका अन्य दुई खेल शनिबार हुनेछन्। शनिबारको पहिलो खेलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। क्वाटरफाइनलको अन्तिम खेलमा शनिबार मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.