Citizan

फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्यो विश्वकपको उपाधि

suchana alital
Chure

पौष ३ – २०२२ को विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो।

lali

निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । यसअघि अर्जेन्टिनाका लागि लियोनल मेस्सीले दुई र एन्जेल डी मारियाले एक गोल गरे । फ्रान्सका लागि केलियन एम्बाप्पेले ुह्याट्रिकु गरे ।

glam &
dipti
Citizan

अर्जेन्टिनाले ३६ वर्षपछि विश्व कपको उपाधि जित्यो । यसअघि सन् १९८६ मा अर्जेन्टिनाले विश्व कप जितेको थियो । त्यसअघि सन् १९७८ मा उपाधि जितेको थियो ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.