वडाअध्यक्ष खडायतको दोस्रो कार्यकालःकृषि,शिक्षा र खानेपानीलाई प्राथमिकतमा राखेर काम गरिदै छ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

पौष २२ डोटी
मुलुकमा नयाँ राज्य संरचनामा अगाडी बढे सगैं लामो समय देखि हुन नसकेको बिकासका कामहरु ऋाजभोली सुरु हुन लागेका छन । संघियताको कार्यान्वयन मुलुकमा बिकासले पनि फड्को मारि रहेको छ । मुलुक समृद्धिको वाटाको दिशामा अघाडी बढीरहेको छ । भौतिक विकास संगसंगै आर्थिक सामाजिक र साँस्कृतिक क्षेत्रमा पनि महन्वपुर्ण परिवर्तको आभास गरिरहेका छन ।
यसै सन्दर्भमा आदर्श गाउंपालिका वडा न. ६ गिरिचौकामा पनि थुप्रै परिवर्तन भएका छन् । वडाअध्यक्ष लाल बहादुर खडायत यसपालिको स्थानिय निर्वाचनमा पनि पुनः निर्वाचित अध्यक्ष हुन । उनले बिगतको कार्यकालमा थुप्रै कामहरु ग्रिसकेका छन् । भने केहि महत्वपुर्ण कामहरु गर्न बाकि रहेकोले आफू पुनः आउनु परेको बताएका छन् । उनले बिगतको कार्यकालमा भौतिक संरचना निर्माणमा बढी जोड दिएको देखिन्छ ।

Dadeldhura Hospital

उनले तेडि मन्दिर निर्माण,डाडाबाग देउता मन्दिर निर्माण,बबिना मन्दि निर्माण,खतेडा भवानी मन्दिर निर्माण,हउडिदेउता मन्दिर निर्माण,गडुले मन्दिर निर्माण,तेस्तै भवना आधारभुत बिद्यालयमा भवन निर्माण,गिरिचौका माध्यामिक विद्यालयमा चार कोठे भवन निर्माण,धनलक्ष्मी बालबिकासमा भवन निर्माण गर्ने काम गरेका थिए ।
तेस्तै तेलपारा पोखरी निर्माण,बोरीऔल पोखरी निर्माण,रउते पोखरी निर्माण,रउते कुलो निर्माण,भरी खानेपानी मर्मत,बान्ड खानेपानी मर्मत ,तेस्तै ढाट गाउं सडक निर्माण,सिल्ल खतेडा सडक निर्माण जस्ता काम पनि गरिसकेका छन् । भने यस कार्यकालमा पनि थुप्रै काम सम्पन्न गर्ने योजना रहेको बताए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

अहिले उनको वडामा सबै टोल बस्तीमा सडक संजाल जोडिसकेको छ भने आबश्यक भौतिक संरचना केहि बनेका छन् भने केहि बन्ने प्रक्रियामा रहेको बताएका छन् । अब भने उनले बिशेष गरि कृषि,शिक्षा,र खानेपानीलाई प्राथमिकतमा राखेर काम गर्ने बताएका छन् । अहिले उनले गिरीचौका माध्यमिक बिद्यालयमा कक्षा १२ सम्मको पढाई संचालन गर्ने पहल भईरहेको बताएका छन् ।
पुराना बाल बिकासलाई आधारभुत बिद्यालयमा परिवर्तन गरेर पढाई संचालन गर्ने जस्ता कामहरु भईरहेको बताएका छन् । संघिय सरकारको साझेदारीमा पालिकाले आफ्नो वडामा अहिले मिनिग्रीडिङ सिस्टमबाट सोलार निर्माण गरि तिन सय पचास घरधुरीलाई उज्यालो बनाउने गरि काम गरिरहेको समेत बताए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.