डडेल्धुराको आलितालमा आमाले गरिन् छोराको हत्या

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः डडेल्धुराको आलितालमा आफ्नै आमाले बच्चालाई कुटपिट गरेर हत्या गरी खाडलमा पुरिएको अवस्थामा फेला परेको छ। जिल्लाको आलिताल गाउँ पालिका–८ पल्टेकुदिमा आफ्नै आमाले छोरालाई कुटपिट गरी हत्या गरेर खाडलमा पुरेको अवस्थामा फेला परेको हो ।

महिलाकाअनुसार आफ्नो बच्चा आफ्नो घर छोडेर अरुको घरमा जाने गरेकोले कुटपिट गरेको बताइन्। आलितालको समैजी आधारभूत विद्यालयमा कक्षा १ मा अध्यययनरत ८ वर्षीय भरत बोहराको आफ्नै आमा कलमती बोहराले कुटपिट गरि हत्या गरेको स्विकार गरेको प्रहरीले बताएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

पुस १२ गते राती बच्चालाई आफूले सिस्नो पानी लागाइ उखुको लठ्ठीले कुटपिट गर्दा मृत्यु भए पश्चात् खाडलमा हालेको स्विकारसमेत गरेकी छन्। स्थानीयका अनुसार बालकलाई आफ्ना आमा र कान्छी आमाले निरन्तर कुटपिट गर्दै आएका थिए। अहिले बालकको शवलाई पोस्टमार्टम गर्न डडेल्धुरा पठाइएको प्रहरी निरीक्षक गंगा दत्त बडुले बताए। हत्यामा संलग्न दुवै महिलालाई नियन्त्रणमा लिएको प्रहरिले बताएको छ। बोहरा १२ पुसदेखि बेपत्ता थिए।

उनको परिवारले समेत उनी हराएको प्रहरीलाई जानकारी दिएका थिएनन्। पुस २७ गते स्थानीयले बालक हराइरहेको सूचना प्रहरीलाई दिएका थिए। बालकका बुवा गजेन्द्र बोहरा रोजगारीको सिलसिलामा भारतमा रहेका छन्। स्थानीयकाअनुसार बच्चाको बुवा पनि घटनामा संलग्न रहेको बताएका छन्। बोहरा भारतबाट नेपाल आउँदै गरेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.