नेपाली महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा

sc mahendra

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला फुटल टोलीको मुख्य प्रशिक्षकमा अनन्तराज थापालाई नियुक्त गरेको छ ।

टोलीको सहायक प्रशिक्षकमा गंगा गुरुङ र गोलकिपिङ प्रशिक्षकमा सुरजकुमार लामा नियुक्त भएका छन् ।

मैत्रीपूर्ण खेलको टिम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरिएको छ ।

राष्ट्रिय महिला टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्नुअघि अभ्यास थाल्नेछ।

खेल भारतमा फेब्रुअरी १३ देखि २५ सम्मको बीचमा हुनेछ।

You might also like
Leave A Reply

Your email address will not be published.