आलितालमा चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता माघ २५ देखि २७ सम्म, प्रथम पुरस्कार ६० हजार

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा माघ १९

डडेल्धुराको आलिताल गाउँपालिकामा हुने भनिएको चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता मिति सरेको छ ।
प्रतियोगिता माघ १६ गते देखि संचालन हुने सुचना जारी गरिएता पनि खराब मौसमका कारण माघ २५ गतेका लागी सारिएको आयोजकले बताएको छ ।
माघ २५ गते देखि २७ गते सम्म चल्ने चौथो अध्यक्ष कप भलिवल प्रतियोगितामा प्रथम हुनेलाई ६० हजार पुरस्कार प्रदान गरिने आयोजकले सूचनामा उल्लेख गरेको छ । तेस्तै द्धितिय पुरस्कार ५० हजार र तृतिय पुरस्कार ४० हजार दिने बताइएको छ । प्रतियोगितामा महिला र पुरुष दुबै तर्फको खेल हुनेछ भने पुरस्कार पनि महिला पुरुष दुबैलाई समान राखिएको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रतियोगिता सञ्चालनका लागि आम भेलाले पालिका खेलकुद समितिका अध्यक्ष धिरेन्द्र बोहराको संयोजकत्वमा ११ जना व्यवस्थापन तथा निर्देशन समिति गठन गरेको छ ।
समितिले पालिका भित्र रहेका सरकारी कार्यालय,संघ संस्था, बिद्यालय तथा क्लबहरुलाई सहभागीका लागी निबेदन गर्न आह्वान गरेको छ ।
प्रतियोगिता आलिताल गाउंपालिकाको प्रांगणमा सञ्चालन हुने समेत आयोजकले बताएको छ ।

Dadeldhura Hospital

भेलाले वार्षिक रुपमा हुने राष्टपति रनिंग सिल्ड प्रतियोगीता पनि संचालन गर्ने निर्णय गरेको छ । भेलाले रनिंग शिल्ड संचालनकने लागी व्यवस्थापन तथा निर्देशन समितिको जिम्मा दुर्गा माध्यमिक बिध्यालयलाई दिने निर्णय समेत गरेको छ । रनिंग शिल्ड प्रतियोगीता माघ २० गते (भोली)देखि माघ २२ गते सम्म संचालन हुने छ ।

पालिकाले जारी गरेको सूचना

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.