डडेल्धुराको आलितालमा भोली देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता,सबै खेल दुर्गा माविमा हुने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

आलिताल गाउँपालिकामा भोली माघ २० गतेदेखि २२ गतेसम्म राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता हुने भएको छ।

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको माघ ४ गते बसेको भेलाले गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबारे निर्णय गरेको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

भेलाले रनिंग शिल्ड संचालनका लागी व्यवस्थापन तथा निर्देशन समितिको जिम्मा दुर्गा माध्यमिक बिध्यालयलाई दिने निर्णय समेत गरेको थियो सोहि अनुरुप बिद्यालयले प्रतियोगिताका लागि गाउँपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई अनिवार्य सहभागिताको लागि पालिकाले अनुरोध समेत गरेको छ।

प्रतियोगिता श्री दुर्गा माध्यमिक बिद्यालय डोलामा हुनेछ।

Dadeldhura Hospital

प्रतियोगिता सहभागी हुने विद्यार्थी विवरण तोकिएको ढाँचामा पेश गर्नुपर्नेछ। गैर विद्यार्थी तथा १८ वर्ष भन्दा बढी उमेर समूहका विद्यार्थीले प्रतियोगितामा भाग लिन नपाउने गाउँपालिकाले जनाएको छ।

प्रत्येक इभेन्ट्सका विजयी खेलाडीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने पालिकाले जनाएको छ।

प्रत्येक खेलाडीले एक खेलाडी एक बिधामा(भलिबल वा कपड्िड वा मार्सल आर्ट वा एथलेटिक्स)मात्र सहभागी हुन पाउनेछ । एथलेटिक्स तर्फ दुई फिल्ड एक ट्रयाक वा दुई ट्रयाक एक फिल्ड मा भाग लिन पाउने छन् ।

प्रतियोगितामा भलिबल (छात्र , छात्रा), कबड्डी (छात्र र छात्रा), एथ्लेटिक्स (दौड )ट्रयाक तर्फ छात्रः १०० मि. ,२०० मि. , ४००मि., ८००मि. ,१५०० मि. , ३००० मि. ,४.१००मि। रिले, ४.४०० मि. रिले, छात्राः १०० मि. ,२०० मि. , ४००मि. , ८००मि. ,१५०० मि. , ३००० मि. ,४.१००मि. रिले, ४.४०० मि. रिले), उफ्रने र फ्याक्ने (फिल्ड तर्फ) छात्रः( हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो ८००ग्राम , सटफुट १२ पाउण्ड,छात्राः( हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो ६००ग्राम , सटफुट ८ पाउण्ड तेस्तै मार्सल आर्ट तर्फ कराते ४२ केजि,ग ४७ केजि,ग ५२ केजि काता एकल,छात्रा तर्फ ग ४० केजि ,ग ४५ केजि,ग ५० केजि तेस्तै टेक्वान्डो ग ४५ केजि,ग४८ केजि, ग ५१ केजि र उसु छात्र,छात्रा च्याङ क्वान,नान क्वान,र ताज्जी क्वान खेल संचालन हुने प्रतियोगीता संचालन समितिका सदस्य सचिव इन्द्र साउदले जानकारी दिनुभयो ।

समितिले जारी गरेको सूचना:

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.