parwat hotel
Citizan

आलितालमा राष्ट्रपति रनिङ शिल्ड:पहिलो दिनमा सात विधाको खेल सम्पन्न हुदा कसले कति स्वर्ण जिते ?

bhageswar small
alital janahit

डडेल्धुराको आलितालमा संचालन भएको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोेगिताको पहिलो दिनमा सात विधाको खेल सम्पन्न भएको छ ।
आलिताल गाउँपालिकाको आयोजना तथा दुर्गा माविको व्यवस्थापनमा शुक्रबारदेखि संचालन भएको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोेगितामा सञ्चालन हुने विभिन्न खेलहरू मध्ये पहिलो दिनमा सटफुट (छात्रा र छात्र), ज्याभलिङ्ग थ्रो (छात्र र छात्रां), १०० मि दौड (छात्र र छात्रा) साथै कबड्डी छात्र तर्फका खेलहरू सु सम्पन्न भएका छन।
हिजो भएको खेलहरुमा दुर्गा माध्यमिक बिद्यालयले ३ स्वर्ण,सिद्धभगवति दोबाटाले २ स्वर्ण,भुवनेश्वरी माध्यमिक विद्यालयले १ स्वर्ण र कृष्ण कालिका माध्यमिक विद्यालयले १ स्वर्ण हात पारेका छन् ।

lali

दुर्गा माध्यमिक विद्यालयले छात्रा सटफुट, ज्याभलिङ्ग थ्रो छात्र तर्फ र छात्रा कपड्डी तर्फ स्वर्ण पदक जितेको छ भने सिद्धभगवति दोबाटाले छात्र तर्फ सटफुटमा र छात्रा तर्फ ज्याभलिङ्गमा स्वर्ण जितेको छ ।तेस्तै १०० मि दौडमा छात्र तर्फ भुवनेश्वरी माध्यमिक विद्यालयले १ स्वर्ण र १०० मि दौडकै छात्रा तर्फ कृष्ण कालिका माध्यमिक विद्यालयले स्वर्ण जितेको खेल संचालन समितिका सदस्य सचिव इन्द्र साउदले जानकारी दिए ।

 

glam &
Citizan

हिजो नै पुरुष भलिबल तर्फका क्वाटर फाइनलका खेलहरु पनि सम्पन्न भएका छन् भने महिला तर्फको भलिबलको सेमीफाइनल खेल पनि सकिएको छ । उनका अनुसार बाकि खेलहरु आज बिहान साढे सात बजेबाट संचालन गरिने बताएका छन् भने प्रतियोगिता भोलि सम्पन्न हुने समेत बताएका छन् । शुक्रबार पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले एक भव्य कार्यक्रमकाबीच उद्घाटन गरेका थिए ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.