आलितालमा संचालित राष्ट्रपति रनिङ शिल्ड २०७९ को उपाधि दुर्गा माविलाई

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेलधुरा : डडेलधुराको आलिताल गाउँपालिकामा संचालित गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को उपाधी दुर्गा माध्यमिक बिध्यालयले हात पारेको हो ।
दुर्गा माध्यमिक विध्यालयले १८ स्वर्णसहित ६ रजत पदक र ६ कास्य पदक जित्दै पहिलो स्थान हासिल गरेको हो ।

यस्तै आलिताल -१ मा रहेको भुवनेश्वरी माध्यमिक बिध्यालयले ५ स्वर्ण सहित ४ रजत र २ कास्य पदक प्राप्त गर्दै द्वितीय स्थान हासिल गरेको छ भने सिद्ध भगवती दोबाटाले ५ स्वर्णसहित २ रजत र ५ कास्य गरि तृतिय स्थान हासिल गरेको छ भने कृष्ण कालिका माद्यमिक बिध्यालय घरेलुले ४ स्वर्णसहित ४ रजत र ११ कास्य प्राप्त गरेको खेल संचालन समितीका सदस्य सचिव इन्द्र बहादुर साउदले जानकारी दिनु भयो ।
प्रतियोगिताका विजेताहरुलाई शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ।
स्थानीय स्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरिएको गाउँ पालिका अध्यक्ष शेर सिं पार्किले बताए। उनले भने, ‘हामीले गाउँपालिकामा रहेका खेलाडीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिका लागि प्रतियोगिता सञ्चालन गरेका हौं।
‘यही माघ २० गतेदेखि सञ्चालन भएको प्रतियोगिताको ब्यबस्थापन दुर्गा माध्यमिक बिध्यालयले गरेको थियो भने सम्पुर्ण खेलहरु पनि दुर्गा माध्यमिक बिध्यालयको प्राङ्गणमा नै सम्पन्न भएको थियो । प्रतियोगितामा पालिका भित्रका ९ वटा माविको सहभागिता रहेको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.