Citizan

उणीकोटमा कक्षा ११ र १२ संचालनका लागि पालिका अध्यक्ष पार्कीकोे ५१ हजार बढी सहयोग..अरु क कस्ले गरे हेर्नुहोस्

suchana alital
Chure

डडेल्धुरा । आलिताल गाउंपालिका अध्यक्ष शेर सिं पार्कीले श्री उणीकोट माध्यमिक विद्यालयमा कक्षा ११ र १२ सम्म संचालन गर्न सुरु गरेको बिद्यालयलाई व्यक्तिगत ५१ हजार १ सय पच्चिस रुपैयां सहयोग गर्ने समेत प्रतिबद्धता गरेका छन् । विद्यालयको ६३ औ बार्षिक उत्सब तथा अभिभावक भेला कार्यक्रम उपस्थित पार्कीले विद्यालयको बार्षिक उत्सब तथा अभिभावक दिवसको शुभकामना दिदै यस्तो घोषणा गरेका हुन ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष पार्कीले विद्यालयको बार्षिक उत्सब तथा अभिभावक दिवसको शुभकामना दिदै विद्यालयको भौतिक तथा पुर्वाधार निर्माण साथै शैक्षिक गुणस्तरमा पालिका सरकारबाट सक्दो सहयोग गर्ने बताउदै सम्पुर्ण विद्यार्थि तथा शिक्षकहरुलाई विद्यालयको स्तर उन्नतीका लागि सवै अभिभावकहरु एक भएर लाग्नु पर्ने बताउनु भयो । उनले भनेका छन् अब उपरान्त यहांका अभिभाबकले आफ्नो नानि वावुहरुले कक्षा ११ र १२ सम्म अध्ययन गर्न पाउनेछन् र विगतमा जस्तो अध्ययन गर्न बाहिर पठाउनु पर्ने वाध्यता टरेको छ ।

glam &
dipti
Citizan

तैस्तै कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि रहनु भएका वडा न। ८ का अध्यक्ष धन बहादुर देउबाले ११ , १२ पठन–पाठन सुरु भएको प्रति खुसी व्यक्त गर्दै बिद्यालयलाई २२ हजार दुई सय पच्चिस रुपैया सहयोग गर्ने बताउनु भयो । यो भन्दा अगाडी निर्माण व्यवसायी प्रकास सेटीले उक्त विद्यालयको सर्वपक्षिय बिकासका लागि आफ्ना स्व।पिता मदन सिह सेटीको नामवाट १५ लाख रुपैयाको अक्षयकोष स्थापना गरेको धोषण गरि सकेका छन् । तेस्तै उट्घाटन सत्रमा उपस्थित परशुराम नगरपालिकाका नगर–प्रमुख भरत बडायर (जोशी) ले १ लाख ११ हजार १ सय ११ रुपैया व्यक्तिगत सहयोग गर्ने बताइसकेका छन् ।

lali

तेस्तै नेपाली कांग्रेसका युवा नेता जित बहादुर मडैले ८१ हजार एक सय ११ रुपैयां सहयोग गर्ने बताएका छन् भने सोहि वडाका वडा सदस्य कृष्ण बोगटिले १५ हजार १ सय ११ रुपैया सहयोग गर्ने बताए । तेस्तै कार्यपालिका सदस्य रमेश कामीले ११ हजार १ सय ११ प्रदान गर्ने बताएका छन भने सोहि वडाका दलित महिला सदस्य शारदा नेपालीले ५ हजार १ सय ११ रुपैया सहयोग गर्ने बताएका छन् ।

२०१६ सालमा बिधिवत रुपमा पुर्व प्राबि तहको पठन–पाठन सुरु गरि स्थापना भएको उक्त विद्यालयमा शैक्षिक सत्र २०७९ वाट कक्षा ११ , १२ पठन–पाठन सुरु भएको विद्यालयका प्रधानाध्यापक मदन सिह साउँदले जानकारी दिएका थिए ।
पहिलो पटक कक्षा ११ ,१२ गाउँकै उणिकोट माबिमा सञ्चालन भएको खुसीमा स्वर्फुत रुपमा अभिबाबकहरुले गक्ष अनुसारको चन्दा सहयोग गरिरहेका छन् । उक्त बिद्यालयका प्रध्यनाध्यापक मदन सिं साउदले ५२ हजार पांच सय रुपैया सहयोग गर्ने बताएका छन भने सोहि बिद्यालयका शिक्षक कर्ण बहादुर मल्ल ३० हजार पांच सय २५ रुपैया तेस्तै दान बहादुर बोगटी ३० हजार १ सय २५,महाभारत बिद्यालयका प्रध्यनाध्यापक डम्बर बोहराले ३० हजार एक सय २५ रुपैयां असीग्रामका शिक्षक यज्ञ बहादुर मल्लले ३० हजार एक सय २५ रुपैंया तेस्तै कैलपाल प्राबिका शिक्षक बिर बहादुर सेटीले ३० हजार एक सय २५ रुपैंया आर्थिक सहयोग गर्ने बताएका छन् । गाउँमै कक्षा ११ , १२ पठन–पाठन सञ्चालन भएपछि खुसीमा स्वर्फुत रुपमा अभिबाबकहरुले गक्ष अनुसारको चन्दा सहयोग समेत गर्न जनाएका छन ।

कार्यक्रमका सभा अध्यक्ष समेत रहनुभएका प्रमोद मल्लले विद्यालयको भौतिक संरचना तथा विद्यार्थि र शिक्षकको अवस्था हेरी विकास निर्माणले तिव्र गति लिएको बताउदै आगामी दिनमा कुनै समस्या देखिए विद्यालय व्यवस्थापन समिती मजबुद भएर लाग्ने बताउनु भयो । वडा अध्यक्ष समेत रहेका मल्लले कक्षा ११ , १२ पठन–पाठन सञ्चालन गर्न आफनो वडाले भ्याय सम्म र आफनो क्षमताले पुगे सम्म आफु कटिबद्ध भएर लाग्ने बताउनु भयो ।
कार्यक्रममा विभिन्न किसीमका सांगितिक प्रस्तुतीहरु प्रस्तुत गरीएको थियो । विद्यालयको स्थापना दिवस माघ २६ गते उट्घाटन भएको कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप, अन्तरसदनात्मक खेलकुद, सास्कृतिक , सम्मान तथा पुरुस्कार वितरण कार्यक्रम गरिएको थियो। कार्यक्रममा राजनैतिक दलका प्रमुख प्रतिनिधी,शिक्षक विद्यार्थि,पत्रकार ,अभिभावक लगाएत स्थानीय बासीको उपस्थित रहेको थियो ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.