आलितालमा ब्यबसायिक तरकारी खेती सम्बन्धी ५ दिने तालिम सम्पन्न

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेलधुरा आलितालको वडा न ३ चनलामा ५ दिने ब्यबसायिक तरकारी सम्बन्धी तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(MEDPA)आलिताल गाउ पालिकाको आयोजनामा तालिम सम्पन्न भएको कार्यक्रम सहजकर्ता  हरिकला गुरुङले जानकारी दिनु भयो । ५ दिने तालिममा आलिताल गाउँ पालिका कृषि शाखाका प्रमुख लक्ष्मण कामी तथा कृषि सहायक प्राबिधिक प्रकाश घर्तीमगरले सहजीकरण गर्नु भएको थियो। आलिताल गाउँ पालिकाले उक्त ठाउंमा प्लाष्टिक घरहरु निर्माणका लागी सहयोग गरिरहेको पालिका उपाध्यक्ष जला बोगटीले जानकारी दिनुभयो । कार्यक्रमको समापनमा पुगेका उपाध्यक्ष बोगटीले कृषि ब्यबसाय प्रबर्द्धन गर्ने पालिकाको योजना अनुसार नै तालिम आयोजना गरिएको बताए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.