डडेल्धुरा
सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्रै राजमार्ग महाकाली राजमार्गको शाहुखर्कमा २०३२ साल देखी शेरबहादुर देउवा खीर बिक्रि गर्दै आईरहेका छन । खीर बिक्रि गरेर उनले करिब ४० रोपनी क्षेत्रफल रहेको आफ्नो जमिनका कान्लामा पक्कि पर्खाल निर्माण गरेका छन ।
उनले हाल सम्म करिब ३० लाख रुपियाँ लागतमा आफ्नो खेतबारीका गाह्रा कान्लामा ढुङ्गामा सिमेन्ट बालुवाको गाह्रो लगाई पक्कि पर्खाल लगाएका हुन । २०२४ साल देखी महाभारत पर्वत क्षेत्रको शाहुखर्कमा भैँसी पालन गर्दै आईरहे देउवाको भैँसी पाल्ने खर्कमा २०३२ सालमा सडक पुग्यो । र उनले भैँसीको दुधको खीर पकाएर बेच्न थाले ।
उमेरले ८१ वर्ष पुग्नु भएका देउवाले भने, अनि मैले खीर पकाएर एक प्लेटको पाँच रुपियाका दरले बेच्न थाले । सडक किनारमा काठको सानो टहरा बनाई खरले छानो छाएर खीर बेच्न थालेका देउवाले हाल सोही स्थानमा दुई वटा पक्कि घर समेत बनाएका छन । हाल पनि उनको गोठमा १२ वटा भैँसी छन । हाल एक प्लेट खीरको मूल्य ८० रुपियाँ छ । दैनिक रुपमा ४०–४५ लिटर दुधको खीर पकाउने गरेको उनले बताए ।