सत्तारुढ गठबन्धनले मिलायो भागबन्डा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

१६ चैत, । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डा लगभग टुंग्याएका छन् ।

Dadeldhura Hospital

बुधबार साँझ बालुवाटारमा बसेको बैठकले कुन दललाई कति मन्त्रालय भन्ने एकसरो समझदारी जुटाएको जनता समाजवादी पार्टी (जसपा) का सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

‘भोलि बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने भन्नेछ’, उनले भने, ‘सबै पार्टीले आ–आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्रीहरुको नाम दिनुहुनेछ, त्यसपछि मन्त्रीहरुको शपथ हुन्छ ।’

माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार कांग्रेस ८, माओवादी ५, जसपा २, एकीकृत समाजवादी २, लोसपा १, नागरिक उन्मुक्ति १, जनमत १ (राज्यमन्त्रीसहित), आमजनता १ र नेसपाले १ मन्त्रालय लिने सहमति भएको छ । जसपा नेता राजेन्द्र श्रेष्ठका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बिहानसम्म कुन मन्त्रालय कसले लिने भन्ने अन्तिम टुंगो लगाउन नेताहरूसँग छुट्टाछुट्टै परामर्श गरिरहेका छन् । ‘प्रधानमन्त्रीले गठबन्धन दलका सबै शीर्ष नेतासँग मन्त्रालयको प्रस्ताव गर्नुभएको छ, त्यसमा दलहरूले आन्तरिक छलफल गर्नुपर्ने भएकाले विभागीय जिम्मेवारीको टुंगो लगाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ,’ उनले भने ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.