सिन्धुलीमा निर्माणाधिन पुल भत्कियो

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

२१ चैत, काठमाडौं । सिन्धुलीको सदरमुकाम सिन्धुली माडीको ग्वाङखोलामा निर्माणाधीन पुल बाढीले बगाएको छ ।

प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको पाच करोड ४१ लाखको लगानीमा  निर्माण भइ रहेको पुल राति एक्कासी पानी पर्दा आएको बाढीले २५ वैशाखमा ढलान गर्न ठिक्क पारिएको कमलामाई नगरपालिका–६ को माडीबजार पुछार र वडा नम्बर ५ को कारागार क्षेत्र जोड्ने ३० मिटर लामो पक्की पुल बगाएको वडा नम्बर ६ का अध्यक्ष उज्जवलकुमार थापाले जानकारी दिए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

अध्यक्ष थापाले भने, ‘पानी निकास गर्न खोलामा साँघुरो पारेर ह्युमपाइप राखिएको थियो । जसका कारण केही समय बाढी थुनिन पुग्यो । पानीको सतह बढेर एक्कासी फुट्दा ढलानका लागि ठिक्क पारिएको संरचना बगाएको हो ।’ लामो समयको प्रतिक्षापछि बन्दै गरेको पुल बगाउँदा स्थानीयहरु चिन्तित बनेको उनले बताए ।

निर्माणाधीन पुलको संरचना बाढीले बगाउँदा करिब तीन करोड बराबरको क्षतिभएको आकलन निर्माण कम्पनीले गरेको उनले बताए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.