parwat hotel
Citizan

परशुराम नगरपालिका महिनौ दिन देखि हाकिम बिहिन:काम कार्बाही ठप्प

हाकिम हाजिर हुन अझै एक हप्ता लाग्ने

bhageswar small
alital janahit

जेष्ठ ८

डडेल्धुराको परशुराम नगरपालिका महिनौ दिन देखी प्रमुख प्रशासकिय अधिकृत बिहिन रहेको छ । लामो समय देखि प्रमुख प्रशासकिय बिहिन हुदा सम्पन्न भएका योजना तथा भौतिक योजना, निर्माण, पेष्की फरच्यौट, भुक्तानी, राहत, अनुदान लगायत कयौंन सेवा कारोबार बन्द रहेको छ । आर्थिक बर्ष २०७९।८० को बजेटमा नगरपालिकाले बैशाख मसान्त सम्म ४५।७८ प्रतिशत बजेट मात्र खर्च गर्न भ्याएको छ ।
परशुराम नगरपालिकामा २०७५ सालदेखी कार्यरत प्रमुख प्रशासकिय अधिकृत अधिकृत तारानाथ पनेरुको प्रधानमन्त्रीको कार्यालयमा सरुवा र अर्का प्रमुख प्रशासकिय अधिकृत पदमप्रशाद अर्याल निलम्वन परे पछि नगरपालिका महिनौ दिन देखी प्रमुख प्रशासकिय अधिकृत विहिन वनेको हो ।

glam &
Citizan
lali

अहिले नगरपालिकाको सामान्य सेवा निमित्त प्रमुख प्रशासकिय अधिकृत कृष्णदेब जोशीले सम्हाली रहनु भएको छ ।
मिति २०८० बैसाख २४ को मन्त्रीपरिषद स्तरीय निर्णयवाट परशुराम नगरपालिकामा खडानन्द खत्रि लाई प्रमुख प्रशासकिय अधिकृत खटाए पनि खत्री हाजिर भएका छैनन,यसरी नगरपालिकामा हाकिम नहुदाँ योजना सम्झौता, भुक्तानी , शिक्षा, स्वास्थ्य, रोजगार,कृषि, पशुसेवा, महिला वालवालिका, जोगबुडा अस्पताल, बुहक्षेत्रीय पोषण अन्तरगत शसर्त तथा लक्षित कार्यक्रम सञ्चालनमा बाधा भई रहेको गुनासो बढेको छ ।
तल्लो स्तरको सरकारमा नै सेवा ठप्प हुदा तेसको प्रत्यक्ष असर त्यस क्षेत्रका सर्वसाधारण जनतालाई पर्ने देखीएको छ ।
नगरपालिका प्रबक्ता तथा वडा न. ६ का अध्यक्ष खगेन्द्र सिह ठकुरीका अनुसार हाकिमको तालिम भएको कारण कार्यालयमा हाजिर हुन अझै केहि दिन लाग्ने बताए ।

यो पनि पढ्नुहोस्….

परशुराम नगरपालिकाको बैशाख मसान्त सम्म ४५.७८ प्रतिशत बजेट खर्च,कुन वडाले कति खर्च गर्यो

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.