जेष्ठ ११ डडेल्धुराको आलितालमा दुई वटा म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । “मेरी माया चंचले चुलबुले , चुलबुलेको मायामा मै भुले “बोलको म्युजिक भिडियोको छायांकन भएको हो ।
सुजित क्षेत्रीको शब्द र संगीत रहेको गीतमा समिक्षा अधिकारी र सुवास खत्रीले स्वर दिएका छन् । निर्देशक कृष्णबाबुको निर्देशनमा छायांकन गरिएको भिडियोमा मोडल लक्ष्मण बगर,सोनु बगर,पुजा धामी र बिनु धामीको अभिनय रहेको छ ।
स्थानिय कलाको प्रदर्शन तथा स्थानीय स्रोत साधनको प्रयोग गर्दै आलितालका बिभिन्न क्षेत्रलाई पहिचानमा सहयोग पुग्ने उद्देश्यका साथ भिडियो आलितालमा छायांकन गरिएको मोडल लक्ष्मण बगरले बताए । आलितालको बुडुम,चनला लगाएत माथिल्लो भेगमा छायांकन गरिएको बगरले बताए ।
तेस्तै आलितालकै बिभिन्न स्थानमा हरितालिका तिजको अर्को म्युजिक भिडियो पनि छायांकन भएको बगरले बताए ।आउदै गरेको तिजलाई लक्षीत गरेर ‘आएको छु म हेन्सम बनेर ‘बोल रहेको तिजको गीत छायांकन भएको हो । उद्धब नेपाली र दिपक थापाको शब्द र लय रहेको गीतमा चर्चित गायिका ज्योति मगरले स्वर दिएकी छिन् । निर्देशक कृष्णबाबाुकै निर्देशनमा छायांकन भईरहेको भिडियोमा मोडल बन्दना बगर , पुजा धामी,सोनु बगर र रमेश बगर र कल्पना बगरको अभिनय रहेको छ ।