new year2082 desk
Citizan

मोडल अनु खड्काले सञ्चालनमा ल्याइन AK डान्स क्लब

bhageswar small
alital janahit

धनगढी –  सुदूरपश्चिमकी चर्चित मोडल अनु खड्काले प्रदेशको अस्थायी राजधानी धनगढीमा डान्स क्लब सञ्चालनमा ल्याएकी छन् ।

पेशाले स्टाफ नर्स समेत रहेकी खड्काले धनगढी उपमहानगरपालिका–५ को जाई  पिपल चौतारा नजिकै मा एके डान्स एन्ड जुम्बा नामक क्लब सञ्चालनमा ल्याएकी हुन् ।

glam &
Citizan
lali

खड्काले सञ्चालन गरेको क्लबको बुधबार औपचारिक कार्यक्रमकाबीच उनका बुवा डम्बरबहादुर खड्काले रिवन काटेर उद्घाटन गरेका छन् । क्लबले विभिन्न नृत्य डान्स सिकउनेछ भने जुम्बाका कक्षाहरु पनि सञ्चालन गरिने सञ्चालक अनु खड्काले बताइन् ।

उद्घाटन कार्यक्रममा सहभागी भएका गितसंगित र कलाकारसहित विभिन्न क्षेत्रका व्यक्तिहरुले खड्कालाई नयाँ कामको थालनी गरेकोमा बधाई दिदै सफलताको कामना समेत गरेका छन् ।

क्लबको उद्घाटन कार्यक्रममा राष्ट्रिय संगितकर्मी संघ सुदूरपश्चिमका अध्यक्ष निलगगन सिंह, पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा, सुप कलाका महासचिव गुणाकर पनेरु, लेखक बिपी शाह, देउडा निर्देशक भीम थापा, रमेश बिजुली बिसी, देउडा गायक लालबहादुर थापा, सरोज रोकाया, केएमसी म्युजिक क्लबकी अध्यक्ष अनिता धामी लगायतको उपस्थिती रहेको थियो ।

मोडल खड्काले लामो समयदेखि म्युजिक भिडियोमा अभिनय मोडलिङ गर्दै आएकोमा आफैले सिकेको क्षेत्रमा केही नयाँ काम गर्ने उद्देश्यले क्लब सञ्चालनमा ल्याएको बताइन् ।क्लबले डान्स तथा जुम्बा कक्षा सञ्चालन गर्ने बताउँदै त्यसले व्यक्तिको कला प्रस्फुटन विकास गर्न सहयोग गर्ने विश्वास व्यक्त गरिन् । खड्काले क्लबले सुलभ मूल्यमा डान्स तथा जुम्बा कक्षा दिने व्यवस्था गरेको बताइन् ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.