महेशकुमार महराको परिकल्पनामा तयार भएको ‘हाम्रो आलिताल’ नामको म्युजिक भिडियो सार्वजनिक

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

पुष १० डडेल्धुरा, पूर्व राष्ट्रिय सभा सदस्य महेशकुमार महराको परिकल्पनामा तयार भएको ‘हाम्रो आलिताल’ नामको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायक भानुभक्त जोशी र गौरी भट्टको स्वरमा रहेको भिडियो निरन्तर मिडिया नामको युट्युब च्यानलबाट हिजो(मंगलबार) सार्वजनिक भएको हो।
अलिताल गाउँपालिकाको विभिन्न पर्यटकीय क्षेत्रमा छायांकन गरिएको यस भिडियोमा आलितालको पर्यटकीय क्षेत्रलाई प्रवर्धन गर्न खोजिएको छ ।
नवीन बिष्टले निर्देशन गरेको यो भिडियोमा मोडलका रुपमा गणेश मडै र पुष्पा बोहराले अभिनय गरेका छन् ।
जीवन बटुको संगीत संयोजन रहेको भिडियोलाई दीपक गिरीले छायांकन गरेका हुन्।

video : https://www.youtube.com/watch?v=ott5NYj6Xl4

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.