आलितालको दुर्गा माबिमा विद्यालय नर्स कार्यक्रम पुनः सञ्चालन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

जेष्ठ १७
डडेल्धुरा जिल्ला आलिताल गाउंपालिकामा रहेको श्री दुर्गा माध्यमिक बिद्यालय डोलामा विद्यालय नर्स कार्यक्रम पुनः सञ्चालनमा आएको छ ।
केहि समय कोरोनाका कारण नियमित गर्न नसकिएको विद्यालय नर्स कार्यक्रम पुनः सञ्चालनमा आएको हो ।
सामाजिक बिकास मन्त्रालय सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय मार्फत जनस्वास्थ्य कार्यालय डडेल्धुराद्वारा संचालित विद्यालय नर्स कार्यक्रम दुगा माध्यमिक विद्यालयमा पुनः सञ्चालन गरिएको शिक्षक इन्द्र साउदले बताउनु भयो ।
उक्त विद्यालयकी नर्स बसन्ति अवस्थीले नियमित रुपले विद्यार्थीको स्वास्थ्य चेकजांच गर्ने , महिनावारी स्वच्छता,वातावरण सरसफाई,फोलिक एसिड,किशोर किशोरीलाई स्वास्थ्य शिक्षा दिने,पोषण सम्बन्धि जानकारी दिने,स्यानटरी प्याड बितरण कार्यक्रम नियमित गर्ने जस्ता कार्यक्रमहरु गर्दै आएको बताइन । यस कार्यक्रमले विद्यार्थीहरुको सिकाई वातावरणमा सकारात्मक प्रभाब परेको बताइएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.