

जेष्ठ १७
डडेल्धुरा जिल्ला आलिताल गाउंपालिकामा रहेको श्री दुर्गा माध्यमिक बिद्यालय डोलामा विद्यालय नर्स कार्यक्रम पुनः सञ्चालनमा आएको छ ।
केहि समय कोरोनाका कारण नियमित गर्न नसकिएको विद्यालय नर्स कार्यक्रम पुनः सञ्चालनमा आएको हो ।
सामाजिक बिकास मन्त्रालय सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय मार्फत जनस्वास्थ्य कार्यालय डडेल्धुराद्वारा संचालित विद्यालय नर्स कार्यक्रम दुगा माध्यमिक विद्यालयमा पुनः सञ्चालन गरिएको शिक्षक इन्द्र साउदले बताउनु भयो ।
उक्त विद्यालयकी नर्स बसन्ति अवस्थीले नियमित रुपले विद्यार्थीको स्वास्थ्य चेकजांच गर्ने , महिनावारी स्वच्छता,वातावरण सरसफाई,फोलिक एसिड,किशोर किशोरीलाई स्वास्थ्य शिक्षा दिने,पोषण सम्बन्धि जानकारी दिने,स्यानटरी प्याड बितरण कार्यक्रम नियमित गर्ने जस्ता कार्यक्रमहरु गर्दै आएको बताइन । यस कार्यक्रमले विद्यार्थीहरुको सिकाई वातावरणमा सकारात्मक प्रभाब परेको बताइएको छ ।
