विश्वकप छनोट खेल्न सन्दीप आज दक्षिण अफ्रिका जाँदै

sc mahendra
कृषि ज्ञान केन्द्र डडेल्धुरा

जेष्ठ २२ नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज अफ्रिका जाँदैछन् । आईसीसी विश्वकप एकदिवसीय छनोटको अभ्यास खेलका लागि उनी दक्षिण अफ्रिका जान लागेका हुन् ।

राष्ट्रिय क्रिकेट टोली गत मंगलबार नै त्यसतर्फ गइसकेको छ । बलात्कार आरोपमा सर्वोच्च अदालतमा पेशी रहेका कारण लामिछाने टोलीसँग जान पाएका थिएनन् । तर, पेशी असार २९ गतेसम्मलाई सरेपछि उनी आज प्रशिक्षक मोन्टी देशाइसँगै दक्षिण अफ्रिका जाने भएका हुन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

लामिछानेका कानुन व्यवसायीले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै लामो समयका लागि तारिख तोकिनु पर्ने भन्दै निवेदन दिएपछि अदालतले असार २९ को तारिख दिएको हो ।

नेपालले जेठ २५ गते स्कटल्यान्ड र जेठ २७ गते नेदरल्याण्ड्ससँग अभ्यास खेल खेल्नेछ । अभ्यास खेलपछि नेपाली टोली जिम्बावे जानेछ ।

जिम्बावेमा विश्वकप छनोट खेल्नुअघि नेपालले जेठ ३० गते युएई र जेठ ३२ गते ओमानसँग वार्मअप खेल खेल्नेछ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.