Citizan

आलितालका बाढी पहिरो पीडित आन्दोलित,पालिकामा परिसरमा नाराबाजी

suchana alital
Chure

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका ६ र ७ का बाढी पहिरोपीडित आन्दोलित भएका छन्। आफूहरूका माग सरकारले सम्बोधन नगरेको भन्दै मंगलबार बाढीपीडितहरूले आलिताल गाउँपालिका परिसरमा नाराबाजी गरेका छन्।

यसका साथै बाढी पहिरोपीडित संघर्ष समितिले गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन्। बाढीपहिरोले वर्षेनि आलिताल ६ र ७ का आधा दर्जनभन्दा बढी बस्ती कटान गर्दै आइरहेको छ।

glam &
dipti
Citizan
lali

आलिताल ६ र ७ का बलौचा, ओबा, ऐरानी, धुपखेडा, खिन्नेभाडी, कोइराले, खुर्सानीझाला, डाइनी, भालुखोला, बान्नेगडा कालीचिउरा, शेरी, गौजना र अस्लाडीलगायतका बस्ती २०७७ साउन १९ देखि २१ गतेसम्म परेको अबिरल वर्षाका कारण लगभग २५० घरधुरी, महादेव मावि भवन र १३ हजार रोपनी खेतीयोग्य जमिन उच्च जोखिम रहेको छ।

टोलबस्तीहरू अति जोखिम रहेको हुँदा तत्काल संरक्षण गर्न नसके यसपालिका वर्षायामको समय थप क्षति ब्यहोर्नुपर्ने अवस्था रहेकोले समस्याको समाधानको लागि बाढी पहिरोपीडित संघर्ष समितिले सरकारको ध्यान आकर्षण गराएको संघर्ष समितिका संयोजक दीपकबहादुर बोहराले बताए। उनका अनुसार तीन वर्षअघि बाढी पहिरोबाट क्षति भएका आलिताल गाउँपालिका–७ का टोलबस्तीहरूमा प्रदेश सरकारका तत्कालीन मन्त्रीहरू, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक, भूगर्भविद्को टोलीले स्थलगत निरीक्षण गरेको थियो।

‘त्यतिबेला उहाँहरूले पीडितहरूको समस्या चाँडै सामाधान गरी सुरक्षित बासस्थानको व्यवस्थापन गरिने आश्वासन दिनुभएको थियो। तर, ३ वर्ष बितिसक्दा पनि हामी पीडितहरूको समस्या ज्यूकात्यू रहेको छ,’ संघर्ष समितिका संयोजक बोहराले भने, ‘समय समयमा ध्यान आकर्षण गराउँदा पनि हाम्रो समस्या सामाधानका लागि सरकारका कुनै पनि निकायले चासो देखाएका छैनन्।’

राज्यसँग पटकपटक आफूहरूले समस्या दर्साउँदै आएता पनि आफूहरूप्रति राज्यको कुनै पनि निकायको वा सरकारको ध्यान आकर्षण नभएको र पीडितहरूको समस्या सामाधानका लागि कुनै पहल नभएकाले स्थानीय सरकारमार्फत् प्रदेश र संघ सरकारको ध्यान आकर्षण गराइएको संघर्ष समितिका संयोजक बोहराले बताए।

सरकारले मेसिनरी वाल र तारजालीसहितको तटबन्ध गरिदिनुपर्ने तथा सम्भावित विपद्का घटनाबाट जोगिन सुरक्षित टहरा बनाइदिनुपर्ने माग बाढी पहिरोपीडितका छन्। यहाँका बाढीपीडितका समस्या समाधानका लागि सुनुवाई तत्काल नभए आगामी दिनमा कडा संघर्षका कार्यक्रम गर्दै अगाडि बढ्ने चेनतावनी उनीहरूले दिएका छन्।

गाउँपालिका अध्यक्ष पार्कीले बाढीपहिरोपीडितका समस्या आफूले पटक–पटक प्रदेश सरकार र डडेल्धुराबाट निर्वाचि सांसदहरूसम्म पुर्‍याएको बताए। समस्या समाधान पर्ने प्रदेश सरकारबाट आवश्वासन मिले पनि कार्यान्वयन भने नभएको उनको भनाइ छ।

अध्यक्ष पार्कीले आलिताल–६ र ७ का बाढी पहिरोपीडितका समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर बन्नुपर्ने बताए। उनका अनुसार गाउँपालिकासँग तटबन्धका लागि पर्याप्त बजेट छैन। उनले प्रदेश सरकारले बजेटको व्यवस्था गरेमा असार मसान्तसम्ममा तटबन्ध र सुरक्षित टहरा निर्माण गरेर जोखिममा रहेका बस्तीहरू जोगाउन सकिने बताए।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.