
डडेल्धुराको आलिताल गाउंपालिका वडा न.७ का बिर बहादुर बोहराले बुधवार आफ्नो ६ वर्षे कार्यकालको उपलब्धीलाई मिडिया मार्फत सार्वजनिक गरेका छन ।
२०७४ सालको स्थानिय तहको चुनावमा वडा अध्यक्षमा निर्वाचित भई जनप्रतिधिको रुपमा काम गर्दै आईरहेका बोहरा २०७९ बैसाख ३० मा सम्पन्न दोस्रो स्थानिय तह निर्वाचनमा पुनः वडा अध्यक्षमा निर्वाचित भएका थिए । दियालो खबरसंग कुरा गर्दै बोहराले संघ, प्रदेश, स्थानीय, बिभिन्न गैरसरकारी संघ, संस्थाको पहलमा वडा.न ७ मा आफ्नो कार्यकालमा भएका गरेका उपलब्धीहरुलाई स्पष्ट पारेका हुन ।
वडा अध्यक्ष बोहराका अनुसार यस आर्थिक बर्षमा पालिकाबाट ५२ लाख ७० हजार बजेट पाएका थिए । उनले उक्त बजेटबाट शिक्षालाई प्राथमिकतामा राखेर काम गरेको देखिन्छ । उनले यस आर्थिक बर्षमा गौरीशंकर माबि,महादेब माबि,भवानी पूर्व प्राथमिक बिद्यालयमा शिक्षक र कार्यालय सहयोगीको व्यवस्थापन गरेको बताए । बिगत लामो समयदेखि चन्दा संकलन गरेर संचालन गरिरहेका बिद्यालयमा शिक्षकको व्यवस्थापन गरेर शिक्षामा चन्दा मुक्त वडा बनाएको बताएका हुन् । तेस्तै गरिब तथा जेहन्दार बिद्यार्थीलाई छात्रबृति समेत वडाले व्यवस्थापन गरेको वडा अध्यक्ष बोहराले बताए । तेस्तै कृष्ण प्राथमिक बिद्यालय थलीको घेरबारको काम गरेको समेत बताए । वडाकै बजेटले गरिब घरपरिवारलाई कर्कटपाता बितरण गरि वडालाई खरको छाना मुक्त वडा बनाउन समेत लागी परेको बताए । किसानलाई पोलीहावस तथा बिउ बिजन वितरण,गोठ सुधारका कार्यक्रम पनि गरेको बताए । वडाले सिचाई तथा खानेपानीमा पनि उल्लेखिनिय काम गरेको देखिन्छ । वडाले चौघरे खानेपानी मर्मत योजना,ऐरानी खानेपानी योजना,आंखली खानेपानी मर्मत योजना,राताखाली खानेपानी टंकी खरिद,खानेपानी टंकी वितरण,तिमुली खिन्नेभाडी खानेपानी योजना,कुन्नेगडा सिचाई पायप तथा टंकी निर्माण,नौबिसेखैसेनीजाला सिचाइपाइप खरिद,राउजाली सिचाई योजना,भन्याक सिचाई पाइप खरिद कार्यक्रम पनि गरेको वडा सदस्य अमर धामीले जानकारी दिए । धामीले सिद्धभगवति आमा समुहको भवनलाई मर्मत सम्भार,नवदुर्गा आमा समुहका आवश्यक भाडाबर्तन खरिद तथा वडा भित्रका सडक सरसफाई जस्ता कार्यक्रममा वडाको बजेट खर्च गरेको उनले बताए । वडाले आफनै बजेटबाट युवा लक्षीत कार्यक्रममा अध्यक्षकप भलिबल प्रतियोगीता पनि गरेको धामीले बताए ।
अध्यक्ष बोहराले वडामा बिभिन्न सामाजिक कार्यक्रम पनि गरेको सुनाए। उनले खेलकुद कार्यक्रम,जनजाती,दलित र महिला लक्षीत कार्यक्रम तेस्तै जेष्ठ नागरिक,अपांग र एकल महिलालाई न्यानो कपडा बितरण कार्यक्रम समेत गरिसकेका छन् ।



तेस्तै वडाले गरेका कामहरुको निरन्तर अनुगमन तथा मुल्यांकन गर्ने गरेको पनि बताए । बोहराका अनुसार वडाको यस आर्थिक बर्षको कार्यक्र
म तथा योजनाका काम करिब ८० प्रतिशत भन्दा धेरै सकिसकेको र बाकि यसै महिनाकोअन्त सम्म सत प्रतिशत काम सकिने बताए ।

वडा र पालिकाबाट पनि कयौ विकास,जनमुखी सेवा दिईरहेको संघिय सरकार र प्रदेश सरकारको सहयोगमा पनि काम भएको बताए । बोहराका अनुसार मेलगाजा देखि नाउली सडक,कालागैरा देखि कुर्जेनी सडक,थली देखि जर्मेनी सडक र मेलगाजा धाराखोलामा टटबन्ध साथै मेलगाजामा खेलकुद मैदानको काम सघिंय सरकारको बजेटबाट निर्माण सम्पन्न भएको बताए । तेस्तै सुदुर पश्चिम प्रदेश सरकारबाट घरेलु खिन्नेभाडी सडक निर्माण योजना , महादेब माविमा ४ कोठे भवन,गौरीसंकर माबिमा ४ कोठे भवन निर्माणको काम सकिएको बोहराले बताए ।
तेस्तै तराई मधेस राष्टपति चुरे संरक्षणले पनि आफनो वडामा थुप्रै काम गरेको बताए । चुरे संक्षण कार्यक्रमबाट बिभिन्न ठाउंमा सिचाई पोखरी,सिचाई कुलो,रिचार्ज पोखरी,मुहान संरक्षण तथा बिभिन्न स्थानमा टटबन्धको काम समेत भएको बताए । सडक संजाल नै नभएको वडामा आफु निर्वाचित पछि प्रत्येक टोल बस्तीमा सडक संजालले छोएको बताए । बोहराले अध्यारो वडालाई बिभिन्न स्थानमा ४ वटा टान्समिटर जडान गरि अधिकांस टोलबस्तीमा बिजुली बत्तीको सेवा पुर्याएको समेत बताए ।लामो समय देखि वडा कार्यालय कहाँ बनाउने भन्ने सहमती नभए पछि अहिले सम्म वडा कार्यालयले आफ्नो भवन बनाउन भने सकेको छैन ,अध्यक्ष बोहराका अनुसार यस बर्ष मेलगाजा नजिक बनाउने सहमती भएको छ अर्को आर्थिक बर्षमा वडा कार्यालय बन्ने बताए । वडामा पारदर्शी काम गरिरहेका बोहराले अर्धबार्षिक र बार्षिक समिक्षा समेत गर्ने गरेको बताए । बोहरा नेकपा माओबादी केन्द्रबाट पुनःनिर्वाचित वडा अध्यक्ष हुन् ।
