परशुराम-१२ खजुरानीको एक गोठमा आगलागी हुँदा ३ चौपायाको मृत्यु ३ गम्भीर घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाको एक गोठमा आगलागी हुँदा ३ चौपाया जलेर मृत्यु भएका  छन् भने ३ चौपाया सिकिस्त घाइते भएका छन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

परशुराम नगरपालिका–१२ खजुरानीका ४२ वर्षीय केशव भट्टराईको काठले बनेको जस्तापाताले छाएको कच्ची गाई गोठमा आगालागी हुँदा गोठमा बाँधेका ३ चौपाया जलेर मरेका हुन् भने ३ चौपाया घाइते भएको जोगबुदाका प्रहरी वरिष्ठ नायक निरीक्षक माधव दत्त जोशीले बताउनु भयो  ।जोशीका अनुसार घाइते पशुको पनि अबस्था गम्भीर रहेको बताए ।

मच्छर भगाउन गोठ बाहिर बालेको स्याउलाको आगो सल्किँदा आगलागी भएको जोशिले बताए। आगलागीबाट गोठ पूर्ण रुपमा जलेको छ ।

ईलाका प्रहरी कार्यालय जोगबुढाबाट गएको टोली र स्थानीय वासिन्दाको सहयोगमा आगो निभाइएको थियो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.