महिलाहरुलाई उद्यमशील बनाउन आलिताल गाउंपालिकाद्वारा सीप बिकास तालिम

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

जेठ २७
डडेल्धुराको आलिताल गाउंपालिकाले महिलाहरुलाई सीप बिकास तालिम दिएको छ ।
लघुउद्यम बिकास कार्यक्रम (मेड्पा) अन्तर्गत आर्थिक समृद्धिको आधार लघुउद्यम मार्फत मार्फत रोजगार भन्ने मलु नाराका साथ उक्त तालिम प्रदान गरिएको उद्यम बिकास सहजकर्ता हरिकला गुरुंगले बताउनु भयो ।
आलिताल गाउंपालिकाको आयोजना र लघुउद्यम बिकास कार्यक्रम (मेड्पा)को सहजिकरणमा आलिताल ८ का दश जना महिलाहरुलाई होजियारी सम्बन्धि ४५ दिने सीप बिकास तालिम दिइएको थियो ।

पालिकाले महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन तालिम दिइएको पालिका उपाध्यक्ष मैना कुमारी रावलले बताउनु भयो । उपाध्यक्ष रावलले महिलाहरु आत्मनिर्भर नभए सम्म समाजले पनि नपत्याउने भन्दै सीप जिवनमा अनिवार्य भएको बताए । महिलाहरुलाई सीप प्रदान गरि उद्यमशिलता तर्फ अगाडी बढाउने लक्ष्य पालिकाको निति तथा कार्यक्रममा नै भएको बताए । सोही लक्ष्य अनुरुप नै वडा न. ८ हम्तड र मौरी क्षेत्रका महिलाहरुलाई होजियारी सम्बन्धि ऊनका स्वीटर बनाउने,टोपी,स्काप,मोजा तथा गलबन्दि जस्ता कपडा बुन्ने तालिम दिइएको बताए । उनले समापन कार्यम्रममा बोल्दै उद्यमी महिलाहरुलाई समुह बनाई काम गर्न आग्रह गर्नुभयो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

उक्त कार्यक्रममा उपस्थित पूर्व आलिताल गाउंपालिका उपाध्यक्ष जला बोगटीले पनि महिला उद्यमीहरुलाई सामुहिक रुपमा काम गर्न आग्रह गर्नु भयो उनले भने सामुहिक रुपमा काम गर्दा उत्पादनमा बृद्धि हुने र लगानी समेत कम पर्ने र आर्थिक प्रगति गर्न सहज हुने बताउनु भयो ।


तालिममा सहभागी बसन्ति ढांटले आफुहरुले तालिम पश्चात आत्मबिश्वास बढेको बताए । उनले भने अब हामीले सिकेको सीप प्रयोग गरेर आर्थिक आयआर्जन गर्न सक्छौ भन्ने लागेको छ । तेस्तै अर्का सहभागी गीता सार्कीले भने सीप सिकीयो अब कच्चा पदार्थ खरिदमा पालिकाले सहयोग गरे आफुहरु व्यवसासयिक रुपमा अगाडी बढ्न सहयोग पुग्ने बताए । उक्त तालिममा प्रशिक्षक लिला कुमारी बिष्टले प्रशिक्षण गरेका थिए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.