बजेट पछि सुदुरपश्चिम सरकारमा तलमाथि भए आश्चर्य मान्नु पर्दैन : उपाध्यक्ष माल

sc mahendra

डडेल्धुरा: सुदूरपश्चिम प्रदेश सरकारले आज शुक्रबार प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट विनियोजन प्रस्तुत गर्ने तयारी गरिरहेका बेला एक सत्ता साझेदार नेताले भने बजेट पछि सुदुरपश्चिम सरकारमा तलमाथि भए आश्चर्य मान्नु नपर्ने बताएका छन ।
माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष मानसिंह मालले आज बिहानै सामाजिक सञ्जालमा लेख्दै भनेका छन ‘सुदूरपश्चिम प्रदेश सरकारको आज प्रस्तुत हुने आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणदेखि लिएर विभिन्न कुराहरुमा एकल सरकारको जस्तो झल्को महशुस भएको छ ।अब सत्ता साझेदार दलहरुकै लागि नखाउ भने दिनभरिको सिकार खाउ भने कान्छा बाउको अनुहार जस्तै हुने निश्चित छ।बजेट पछि सुदुरपश्चिम सरकारमा तलमाथी भए आश्चर्य मान्नु पर्ने छैन ”
माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष मानसिंह मालले यस्तो स्टाटस लेखेपछी अहिले सुदुर पश्चिम सरकारमा हलचल भएको छ । माल सुदुर पश्चिमका एक बलिया नेतामा गनिन्छन ।

 उपाध्यक्ष मालले लेखेको स्टाटस :

You might also like
Leave A Reply

Your email address will not be published.