डडेल्धुराको आलिताल-६ मा खानेपानीको चरम अभाव,सरकारलाई गुहार्दै जनता

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

असार २
डडेल्धुराको आलिताल ६ को एक गाउंमा खानेपानीको अभाव भएको छ ।
जिल्लाको आलिताल गाउँपालिका वडा नं ६ झरकांडा लगायको क्षेत्रमा खानेपानीको अभाव हुदा स्थानिय काकाकुल जस्तै भएका छन।
वडा न.६ को झरकांडा ,मेलखाली,बिचगाउं,मकवानपुर,बाटाटली,सिदुरेखान लगाएतका करिव ७० घरधुरीलाई खाने नहुदा काकाकुल जस्तै भएका हुन। सरकारले शिक्षा ,स्वास्थ्य र खानेपानीलाई जनताको नैसर्गिक अधिकार भित्र राखेतापनी यहाँका बासिन्दा भने अझै खानेपानीको अभावमा बाचिरहेका छन । पहिले देखि खाइरहेको डोटीको बुडर नजिकको खानेपानी मुल खरेडीका कारण सुके पछि खानेपानीको अभाव भएको स्थानिय लाल खत्रीले बताए । अहिले त्यहाँका स्थानिय खानेपानीका लागि घन्टौ लाइनमा बस्ने गरेका छन । खत्रीका अनुसार गाउँ नजिक एक सानो नाउलो छ तेहि नाउलामा पनि पानीको मात्रा निकै कम छ । ७० परिवारले एउटै नाउलामा पानी भर्न करिव ४ / ५ घण्टा पर्खिनु पर्छ । तेइ पनि मुस्किलले पानी पाइन्छ ।

Dadeldhura Hospital

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

त्यहाँका बासिन्दाले बर्षौ देखि पानीको समस्या झेल्दै आइरहेका भएता पनि यसपालिको बर्ष जस्तो पानीको समस्या कहिले पनि नभएको जानकारहरु बताउछन ।आलिताल अपांग संघका अध्यक्ष समेत रहेका लाल खत्रीले चुनावको बेला नेताहरु आएर ठुलाठुला भाषण मात्र गर्ने गरेको सुनाउदै जनताको समस्या सामाधनमा चासो नै नदेखाएको गुनासो गरे । उनले शनिवार आफ्नो फेसबुकमा खानेपानी भर्न लाइन बसिरहेको फोटो पोस्ट गर्दै भनेका छन “कता गए हाम्रा स्थानिय सरकार ,कता गए हाम्रा नेताहरु,हामी यता बिहान देखिपानी भर्न लाइनमा लागेका छौं अझै पालो पाएका छैनौं ,अरुतिर बेफजुलमा बजेट खर्च गर्नु भन्दा यता खानेपानीको बेबस्था गरिदिन ध्यानाकर्षण गराउदछौ” । अहिेले उक्त क्षेत्रमा खानेपनी भर्न लाईन लागेको भिडियो पनि सामाजिक संजालमा आईरहेको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.