Citizan

सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री सवार गाडी दुर्घटना,मन्त्री सहित ४ जना घाइते

Chure

डडेल्धुरा । बझाङमा सुदुरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटनामा परेको छ । सु.प.प्र ०१ ००१ झ ४८० नम्बरको गाडी दुर्घटना हुँदा मन्त्री पृथ्वी बहादुर सिंहसहित ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

lali

डडेल्धुराबाट चैनपुर जाने क्रममा आज दिउँसो १ः४५ बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटना गाडी दुर्घटना भएको हो । गाडी सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेको छ । दुर्घटनामा मन्त्री सिंहसहित ४ जना घाइते भएका छन् ।

glam &
Citizan

मन्त्री सिंहको खुट्टा र अनुहारमा चोट लागेको छ। उनको देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.