विश्वकप छनोटःआज नेपालले वेस्ट इन्डिजसँग पहिलो पटक प्रतिस्पर्धा गर्दै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं – जिम्बावेमा जारी आईसीसी विश्वकप छनोटमा आज नेपालले वेस्ट इन्डिजसँग पहिलो पटक प्रतिस्पर्धा गर्दैछ ।

नेपालले दुई पटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्वकप च्याम्पियन बनेको वेस्ट इन्डिजसँग विश्वकप छनोटमा पहिलो भेट गर्न लागेको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

खेल बिहीबार दिउँसो जिम्बावेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुँदैछ ।

नेपालले वेस्ट इन्डिजसँग पहिलोपटक खेल्न लागेको हो । यसअघि नेपाल जिम्बावेसँग पराजित भएको थियो भने अमेरिकालाई हराएको थियो ।

नेपालको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी र अर्जुन साउद छन् ।

वेस्ट इन्डिज सन् १९९५ र १९७९ विश्वकपको च्याम्पियन हो । त्यस्तै वेस्ट इन्डिजले २०१२ र २०१६ को पनि टि–२० विश्वकप उपाधि जितेको थियो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.