एमालेबाट निर्वाचित उपमेयर नै भारतीय नागरिक, मुद्दा दर्ता गर्न अदालतको आदेश

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

काठमाडौं— उच्च अदालत जनकपुरले सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको छ ।

अदालतले जेठ ५ गते जिल्ला प्रहरी कार्यालयलाई उपमेयर यादवविरुद्ध अनुसन्धान गरी मुद्दा दर्ता गर्न आदेश दिएको थियो ।उक्त आदेश असार ३ गते प्रमाणीकरण भएको हो ।  अदालतले असार ६ गते सरकारी वकिल कार्यालयलाई पत्राचार गरी विपक्षीलाई आदेशका बारेमा जानकारी गराउनसमेत भनेको छ ।

उपमेयर यादवले भारतीय नागरिकता लिएको दाबी गर्दै कारबाहीको माग गर्दै जनप्रतिनिधिमा निर्वाचित भइसकेपछि कृष्णकुमार यादवले गत वर्ष प्रहरी कार्यालयमा उजुरी दिएका थिए । तर प्रहरीले मुद्दा दर्ता गर्न नमानेको भन्दै डाकनेश्वरी नगरपालिका वडा नं.३ का कृष्णकुमारले उच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले मुद्दा दर्ता गर्न आदेश गरेको हो ।

‘निवेदक कृष्णकुमार यादव र विपक्षी जिल्ला प्रहरी कार्यालय राजविराज, सप्तरीसमेत भएको परमादेश रिट निवेदनमा विपक्षीका नाममा परमादेशको आदेश जारी हुने ठहरी यस अदालतबाट जेठ ५ गते आदेश भई उक्त आदेश असार ३ गते प्रमाणीकरण भएको हुँदा उक्त आदेशको प्रमाणित प्रतिलिपिसमेत यसै साथ राखी जानकारी गराइएको छ’,अदालतको पत्रमा भनिएको छ ।

उपप्रमुख मीराकुमारी र उनका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायतअन्तर्गतको मझारी गाउँका स्थानीय भएको भन्दै २०७९ साउनमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको थियो । मीरा, महेन्द्रसहित उनीहरूका सन्तानले समेत झुठा विवरण पेस गरेर नेपाली नागरिकता लिएको आरोप उजुरीमा लगाइएको छ । भारतको मतदाता नामावलीमा समेत उपमेयर मीराको नाम रहेको दाबी उजुरीमा गरिएको छ ।यादव नेकपा एमालेबाट निर्वाचित उपमेयर हुन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.