डडेल्धुरामा एक मिनिट्रक सडक भासिदा खोलामा पुग्यो

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा: केआइसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवा खोलामा मिनी ट्रक खसेको छ। सोमबार बिहान धनगढीदेखि बाजुरा जाँदै गरेको सुपप्र ०१००१ प १८८६ नम्बरको मिनी ट्रक डडेल्धुराको गन्यापधुरा गाउँपालिका-२ रडुवामा दुर्घटना भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।

उक्त खाद्यान्न बोकेको ट्रक डोटीको जोरायल गाउँपालिका-२ बस्ने २३ वर्षका प्रकाश मल्लले चलाइरहेका थिए। दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ। ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेको बताइएको छ।बर्षाका कारण सडकको भाग कमजोर हुदा यस्तो घटना घटेको  प्रहरीले जनाएको छ ।
अहिले उक्त मिनिट्रकलाई तुचनको सहायताबाट उद्दार गर्न लागिएको प्रहरीले जनाएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.