

डडेल्धुरा : नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मदन धामी “कुशल“ माओवादी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । डडेल्धुरा जिल्लाको भित्री मधेश क्षेत्रका लोकप्रिय युवा नेताको छवि बनाएका धामीले माओवादी केन्द्रको एक दशक लामो राजनीतिक यात्रामा विश्राम लगाएर एमालेमा प्रवेश गरेका हुन् ।
धामी माओवादी केन्द्रको भारत प्रवासको संगठन अखिल भारत नेपाली एकता मंचका केन्द्रीय सदस्य समेत हुन् । उनले केही समय पहिला मात्रै भारत प्रवासबाट आफ्नो पार्टी सदस्यता नेपाल सरुवा गरेका थिए । उनी हाल नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रहेका थिए ।
माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका धामीले माओवादीले अमेरिकी आर्थिक सहायता परियोजना एमसीसीलाई संसदबाट परित गरेको र अध्यक्ष प्रचण्डको परिवारवाद र चरम सत्ता स्वार्थ, राष्ट्रियताको विषयमा पार्टीले दोधारे निति अंगिकार गरेकाले आफुले माओवादी केन्द्र त्यागेको विज्ञप्तीमा उल्लेख छ ।
