parwat hotel
Citizan

डडेल्धुरा आलिताल-२ का वडाअध्यक्ष मल्लको १ वर्षे कार्यकाल,शिक्षामा फड्को,विद्युत नि:शुल्क

bhageswar small
Chure

असार १२
डडेल्धुराको आलिताल गाउंपालिका वडा न २ ले पनि आज मंगलबार आफ्नो १ वर्षे कार्यकालको उपलब्धीलाई सार्वजनिक गरेको छ।
२०७९ बैसाख ३० मा सम्पन्न दोस्रो स्थानिय तह निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका युवा नेता प्रमोद मल्लले आफनो एक बर्षे कार्यकालको उपलब्धी सार्बजनिक गरेका हुन ।

नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष मल्लले संघ, प्रदेश, स्थानीय, बिभिन्न गैरसरकारी संघ, संस्थाको पहलमा वडा.न २ मा आफ्नो कार्यकालमा भएका गरेका उपलब्धीहरुलाई स्पष्ट पारेका हुन ।
उनले वडा अध्यक्षमा निर्वाचित पश्चात पालिकाबाट ५३ लाख ३० हजार बजेट पाएका थिए । उक्त बजेटबाट कृषि,खानेपानी ,सडक,सिचाईका कामहरु भएको बताएका छन् ।

glam &
Citizan

उनले उक्त बजेटबाट उणीकोट माध्यमिक विद्यालयमा फर्निचार निर्माण,एक्ले पातल मेलडांडा कमलपुर कृषि सडक,गैरा गांखेत सडक सरसफाई,किलेखर्क खानेपानी योजना,चौपाता खानेपानी योजना,ठूलोपानी खानेपानी योजना,बर्गडी खानेपानी मर्मत योजना,वडाखेत खानेपानी योजना,असीग्राम मन्दिरमा भान्साघर निर्माण,असीग्राम मन्दिरमा शिवमुर्ती निर्माण,उनैसरी आधारभुत विद्यालयको घेरबार तेस्तै उल्लानी बोरगाउं सिचाई कुलो,गांखेत तेलीगाउं बाटो निर्माण,भगवती मन्दिर कार्यशाला निर्माण,भुमीराज मन्दिर निर्माण रज्यौडा नाउलो मर्मत, जस्ता कामहरु गरिएको अध्यक्ष मल्लले बताए । वडा न. २ मा रहेको दहगाड जलबिद्युत आयोजनालाई पनि वडाले समेटेको छ । वडाले दहगाड जलबिद्युत आयोजनालाई मर्मत तथा आवश्यक उपकरण खरिद गर्न पनि सहयोग गरेको छ भने एक जना कर्मचारीको व्यवस्था समेत गरेको छ ।
तेस्तै वडाले कृषकलाई उन्नत जातका बिउबिजन बितरण , तरकारी संकलन केन्द्रको स्थापना,उत्कृष्ट कृषक तथा समुहलाई पुरस्कार तथा सम्मान कार्यक्रम जस्ता कार्यक्रम पनि गरेको उनले बताए । तेस्तै गांखेत प्रहरीचौकीलाई व्यवस्थापन तथा बिट निर्माण,रेडक्रस सोसाइटी उपशाखालाई व्यवस्थापन,बसेली सामुदायीक भवन व्यवस्थापन,भुमी व्यवस्थापन,महिला स्वास्थ्य स्वंयसेविकालाई यातायात तथा खाजा खर्च व्यवस्थापन,स्वास्थ्य कार्यालय व्यवस्थापन,आबश्यक औषधि खरिद,खेलकुदका कार्यक्रम,अपांग लक्षीत कार्यक्रम,नारी दिवस,गौरा तथा तिज बिषेश कार्यक्रम,जनजाती विशेष कार्यक्रम,पूर्ण खोप कार्यक्रम जस्ता कामहरु गरिएको अध्यक्ष मल्लले बताए ।

lali

यस आर्थिक बर्षमा वडाले किमाड हलने पोखरी सडक र बोरगाउं साल्तडी सडकको काम बजेट अभाबका कारण हुन नसकेको पनि बताए ।
पालिकाकै दुर्गम वडाको रुपमा रहेको वडामा प्रदेश तथा सघिंय सरकारको सहयोगमा धेरै काम भइसकेको छ ।
वडामा सुदुर पश्चिम प्रदेश सरकारको सहयोगबाट तेलीगाउं गांखेत सिचाई कुलो,उणीकोट माध्यमिक बिद्यालयमा दुईकोठे भवन निर्माण,असीग्राम प्राथमीक बिद्यालयमा घेरबार,देउजाल खानेपानी निर्माण र मट्याल खानेपानी निर्माण सम्पन्न भएको पनि बताए । तेस्तै वडामा संघिय सरकारबाट पनि थुप्रै काम भएका छन् । संघिय सरकारको सहयोगमा साहुखर्क देखि उणीकोट सडक,गैरा देखि गांखेत डबल कटिंग सडक,स्वास्थ्य भवन निर्माण र पासा समैजीको मन्दिर निर्माण जस्ता काम भएको बताए ।

दियालोखबरसंग कुरा गर्दै मल्लले आफु जनताको कामको लागी जनप्रतिनिधि भएकोले जनताकै लागी काम गरि रहेको बताए । उनले वडामा भएको स्रोत र साधनले गरिने काम भन्दा अरु थुपै्र काम गरिरहेका छन् । युवा तथा समाजसेवीका रुपमा चिनिदै आएका अध्यक्ष मल्लले वडाका जनाताले बर्षौ देखि समुदाय स्तरमै उत्पादित दहगाढ जलबिधुत सेवा शुल्क तिरेर प्रयोग गरिरहेका जनतालाई निःशुल्क गरेका छन् । करिव ३ सय पचास घरधुरीले प्रयोग गर्दै आएको बिधुत सेवालाई आफु निर्वाचित भएलगत्तैअध्यक्ष मल्लले निशुल्क गर्ने निर्णय गरेका थिए ।
तेस्तै मल्लले उणीकोट माध्यामिक बिद्यालयमा कक्षा १२ सम्मको पढाई पनि सुरु गरेका छन् । आफु वडा अध्यक्ष निर्वाचित हुनु भन्दा पहिला देखि नै उक्त बिद्यालयमा कक्षा १२ सम्म पढाई संचालन गर्ने पहल गरिरहेका मल्लले आफु वडा अध्यक्षमा निर्वाचित भए पश्चात गलत्तै कक्षा १२ सम्मको पढाई सञ्चालन गरेका थिए । कक्षा १२ सम्मको पढाई सुरु गरेर मल्लले अर्को राम्रो काम गरेको स्थानिय बताउछन् ।तेस्तै गांखेत गाउंमा रहेको प्राथमिक विद्यालयमा अग्रेजी माध्यमबाट पढाई समेत सुरु गरेको उनले बताए ।
तेस्तै मल्लले सञ्चारको क्षेत्रमा पनि जनतालाई सेवा दिन पछि परेका छैनन् । लामो समय देखि निर्माण सम्पन्न भएको तिम्तराको नेपाल टेलिकमको टावरमा नेटवर्क सुचारु हुन सकेको थिएन । तर मल्ल निर्वाचित भए पश्चात निरन्तर पहलमा अहिले नेपाल टेलिकमको सेवा सुचारु भएको छ ।

मल्लले जनताको समस्यालाई सदैब अग्रस्थानमा राखेर आफुले काम गर्दै आएको बताउदै आएका छन् । केहि महिना अगाडी सम्म बृद्ध भत्ता लिन आलितालको नबिल बैंक नै धाउनु पर्ने समस्याबाट पनि मुक्त समेत गरेका छन् । मल्लले अहिले भत्ता बितरणको समयमा बैंकको प्रतिनिधि नै वडा कार्यालयमा बोलाएर वडाबाट नै भत्ता बितरण गर्ने कार्य समेत सुरु गरेका छन् । भत्ता बुझ्न एक दिन धाउनु पर्ने बाध्यता अहिले हटेको उनले बताए ।

तेस्तै अध्यक्ष मल्लले वडालाई मदिरा निषेधित क्षेत्र घोषणा समेत गरेका छन्। मदिराको नसामा लठ्ठीएर सामाजिक बिकृति निम्त्यायने मानिसहरुलाई अहिले मल्लले कृषि उत्पादनमा जोडेर अगाडी बढाउने कार्य गरिरहेका छन् । उनले आगामी दिनमा वार्ड न २ लाई कृषि क्रान्ति मार्फत् बिदेशीएका युबाहरुलाई स्वदेशमै स्वरोजगार श्रृजनाका लागि बिशेष पहलका साथै आय आर्जनका साथ उत्पादन मुखी बनाउने योजना रहेको बताएका छन् ।
तेस्तै वडाले गरेका कामहरुको निरन्तर अनुगमन तथा मुल्यांकन गर्ने गरेको पनि बताए । मल्लका अनुसार वडाको यस आर्थिक बर्षको काम करिब ९५ प्रतिशत भन्दा धेरै सकिसकेको र बाकि यसै महिनाकोअन्त सम्म सत प्रतिशत काम सकिने बताए । स्पष्ट र पादर्शी काम गर्दै आईरहेका मल्लले वडाको बजेटले भए गरेका कामहरुको सार्वजनिक सुनुवाई सगैं अर्धबार्षिक र बार्षिक समिक्षा समेत गर्ने गरेका छन् ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.