Citizan

बाजुराको बडीमालिकामा हाकिमलाई वडाअध्यक्षको गोली हान्ने धम्की

suchana alital
Chure

असार १४

डडेल्धुरा बाजुराको बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल विकले ज्यानमार्ने धम्की आएको भन्दै सुरक्षाको माग गरेका छन्।

glam &
dipti
Citizan
lali

उनले बुधवार बडीमालिका नगरपालिका वडा नम्मर ६ का वडा अध्यक्ष किष्ण खड्काले गोली हानेर मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन्। उनले भने, ‘हिजो बिहान ९ बजे तिर हो। मेयर साप, ६ नम्बरको वडाध्यक्ष र ७ नम्बरको वडाध्यक्ष तीनै जना हुनुहुन्थ्यो। काम गरेका छौ, भुक्तानी दिनु भन्नु भयो। प्रक्रियामा नआएकालाई समस्या हुने भनेको थिए। कर्मचारीलाई प्रक्रियामा नआएकालाई दबाब दिन सक्दैन भनेको थिए। मेरो यति रुपैया भुक्तानी दिनुछ। नभए, गोली हानेर मार्छु भन्नु भयो। मेयर साप नभएको भए मार्ने। दुई पटक हान्न आउनु भएको हो।’

प्रमुख प्रशासकिय अधिकृत विकलाई ज्यान मार्ने धम्की आएपछि उनले जिल्ला प्रशासन कार्यालय बाजुरामा बुधवार नै ज्यानको सुरक्षा र कारबाहीका लागि निवेदन दिएका छन्। वडा अध्यक्ष खड्काले नगर प्रमुख अमर खड्काको कार्यकक्षमा गोली हान्ने धम्की दिएका विकले बताए। उनले प्रत्रmियामा नभएका योजनाको भुक्तानीका लागि कर्मचारीहरु र जनप्रतिनिधीसँग छलफल गर्ने बताएपनि वडा अध्यक्ष किष्ण खड्काले यसको २० गते भित्र रकम भुक्तानी नगरे गोली हान्ने धम्की दिएका हुन्।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.