डडेल्धुराको परशुराममा झाडापखालाबाट ९ वर्षीय बालकको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा डडेल्धुरामा झाडापखालाका कारण एक बालकको ज्यान गएको छ। जिल्लाको परशुराम नगरपालिक ७ पिपलकोटका ९ वर्षीय प्रेम पुनमगरको झाडापखालबाट बिहीबार मृत्यु भएको हो।

पिपलकोटकै सिद्धनाथमाविमा कक्षा ३ मा अध्ययनरत पुनमगरलाई बुधबारबाट झाडापखाला लागेको थियो। पानी परेर बाटोघाटो समस्याका कारण समयमा जोगबुडा अस्पताल समेत लग्न नसकिएको स्थानीय नरेन्द्र बोहराले बताए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

बोहराका अनुसार मृतक प्रेमकै आमा ५३ वर्षीया दिलादेवी पुनमगर पनि झाडापखाला लागेको थियो। उनी स्वास्थ्य केन्द्र मलासमा उपचार गरेर घर फर्किसकेकी छिन्।

बर्खाका कारण पहिरोले सडक अवरोध भएकाले मलासको पुरै गाउँ सडक सञ्जालबाट अलग्गिएको छ।

केही दिन अगाडि परशुराम नगरपालिका ८ गुप्तीगडामा हैजाको कारण १ जना १३ वर्षीया बालिकाको मृत्यु भएको थियो झण्डै चार वर्षअघि पनि वडा नम्बर ८ कै सानखोला र धादलीफाँटामा हैजाको प्रकोप देखिएको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.