Citizan

डडेल्धुराको परशुराममा झाडापखालाबाट ९ वर्षीय बालकको मृत्यु

suchana alital
Chure

डडेल्धुरा डडेल्धुरामा झाडापखालाका कारण एक बालकको ज्यान गएको छ। जिल्लाको परशुराम नगरपालिक ७ पिपलकोटका ९ वर्षीय प्रेम पुनमगरको झाडापखालबाट बिहीबार मृत्यु भएको हो।

पिपलकोटकै सिद्धनाथमाविमा कक्षा ३ मा अध्ययनरत पुनमगरलाई बुधबारबाट झाडापखाला लागेको थियो। पानी परेर बाटोघाटो समस्याका कारण समयमा जोगबुडा अस्पताल समेत लग्न नसकिएको स्थानीय नरेन्द्र बोहराले बताए।

glam &
dipti
Citizan
lali

बोहराका अनुसार मृतक प्रेमकै आमा ५३ वर्षीया दिलादेवी पुनमगर पनि झाडापखाला लागेको थियो। उनी स्वास्थ्य केन्द्र मलासमा उपचार गरेर घर फर्किसकेकी छिन्।

बर्खाका कारण पहिरोले सडक अवरोध भएकाले मलासको पुरै गाउँ सडक सञ्जालबाट अलग्गिएको छ।

केही दिन अगाडि परशुराम नगरपालिका ८ गुप्तीगडामा हैजाको कारण १ जना १३ वर्षीया बालिकाको मृत्यु भएको थियो झण्डै चार वर्षअघि पनि वडा नम्बर ८ कै सानखोला र धादलीफाँटामा हैजाको प्रकोप देखिएको थियो।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.