डडेल्धुराको परशुराममा भिरबाट लडेर एक युवकको मृत्यु

sc mahendra

असार १६

डडेल्धुरा परशुराममा एक युवकको शुक्रबार भिरबाट लडेर मृत्यु भएको छ ।

परशुराम नगरपालिका वडा.न.३ भट्वाडिका धन वहादुर वाेहराका अन्दाजि १८ वर्षिय छाेरा राम वाेहराकाे मृत्यु भिरबाट लडेर मृत्यु भएको हो ।

जङ्गलमा भिरवाट लडेर घाइते भएका राम वाेहराकाे उपचारका लागि जाेगबुडा अस्पताल ल्याउदै गर्दा वाटाे मै मृत्यु भएको परिवार स्रोतले जनाएको छ। बोहरा श्री भागेश्वर मा .बि कटालमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी थिए ।

You might also like
Leave A Reply

Your email address will not be published.